बालिका हत्या आरोपमा आमासहित ५ जना पक्राउ - Dastabej

बालिका हत्या आरोपमा आमासहित ५ जना पक्राउ


  • सन्जु पौडेल

  •  

    तिलोत्तमा — रुपन्देहीमा छोरीको हत्या गरी आत्महत्याको प्रयास गरेको आरोपमा महिलालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा आफ्नै कोठाको पंखामा एक वर्षीया बालिकाको घाँटी बाँधेर हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका हुन् । फागुन ९ गते ९ बजेतिर बालिकाकी २१ वर्षीया आमा प्रेमा यादवले कोठाको पंखामा दुईवटा डोरी बाँधेर एकातर्फ छोरीलाई झुन्ड्याएकाे र अर्को डोरीमा आफू झुन्डिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । ‘अनुसन्धानका क्रममा बिहे भएको ७ महिनामै छोरी जन्मिएपछि परिवारले शंका गरेका रहेछन्,’ उनले भने, ‘श्रीमानले पूर्वप्रेमी सँगको वार्तामा बालिका उसकै छोरी भएको खुलेपछि मनमुटाव र मानसिक यातना सुरु भएको अनुसन्धानमा देखिएको छ ।’

    तिहारपछि यातना दिने र परिवारले बालिकालाई स्वीकार्न असहमति जनाएपछि प्रेमाले छोरीलाई मार्ने र आफू मर्ने प्रयासमा रहेको प्रहरीले जनाएको छ । परिवारका सदस्यले डोरीमा झुन्डिएको देखेपछि बचाउन गए पनि बालिकाको भने मृत्यु भइसकेको थियो । डीएसपी थापाका अनुसार बालिकाको मृत्युपछि प्रहरीलाई खबर नगरी घरपरिवारले नजिकैको खोलामा लगेर गाडिसकेको भन्ने खबर प्राप्त भएपछि प्रहरी परिचालित भइ खोजेका थिए । खोज्ने क्रममा दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थापाले जानकारी दिए । घटनाबारे लुकाएको र बालिकाको शव गाडेको आरोपमा प्रहरीले प्रेमासहित उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमति यादव, श्रीमान् २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदिप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

  • १३ फाल्गुन २०७७, बिहीबार १७:१४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता