तेस्रो नेपालगन्ज महोत्सव चैत ५ गतेदेखि हुने भएको छ । आयोजक एजी सर्भिस प्रालिले विहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर यही चैत ५ गतेदेखि चैत १६ गतेसम्म तेस्रो नेपालगन्ज महोत्सव हुने बताएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट १२ महोत्सब सञ्चालनको अनुमति लिएको अध्यक्ष नन्द बहादुर बुढाले बताए । वाटरपार्कको खाली रहेको जग्गामा महोत्सब सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाबाट समेत अनुमति पाएको अध्यक्ष बुढाले जानकारी दिए । राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति रहने महोत्सबमा करिब २ लाख ५० हजारले महोत्सबको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सवमा टिकटदर प्रति व्यक्ति ६० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ कायम गरिएको छ । “समृद्ध नेपालको प्रमुख आधार, व्यपार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार” नाराका साथ महोत्सव हुन लागेको हो ।