नेपालगन्ज । विमानस्थल क्षेत्रभित्र जहाज दुर्घटना भए तत्काल कसरी उद्दार गर्ने ? घाईतेलाई कसरी छिटो छरीतो कसरी उपचारका लागि अस्पताल पुर्याउने ? दुर्घटनाग्रस्त क्षेत्रलाई व्यवस्थित कसरी पार्ने ? जहाजमा लागेको आगो कसरी नियन्त्रणमा लिने ?
यसैकेो अभ्यासका लागि शुक्रबार नेपालगन्ज बिमानस्थलमा कृत्रिम जहाज दुर्घटना भएको ड्यामो गरी आपतकालीन उद्धार अभ्यास गरिएको छ । उक्त अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिएको नेपालगन्ज एयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
अभ्यासका क्रममा फायर फाइटर दमकल प्रयोग गरियो । घाईतेको उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका खटिए ।
एम्बुलेन्स मार्फत घाईतेहरुलाई अस्पताल पठाइएको अभिनय गरिएको थियो । अन्तराष्ट्रिय विमानस्थलमा गरिने यस्ता अभ्यास आन्तरिक विमानस्थलमा पहिलो पटक भएको एयरर्पोट प्रमुख ठाकुरले जनाए । यसअघि काठमाडौंस्थित अन्र्तराष्टिय बिमानस्थलमा गरिएको थियो ।
अभ्यास हेर्न भैरहवा, धनगढी, जुम्ला विमानस्थलबाट प्राविधिक र वायुसेवा कम्पनीका विमानस्थल प्रमुखहरु समेतलाई नेपालगन्ज बोलाइएको थियो । ख नेपालगन्ज विमानस्थल नेपालको काठमाडौंपछि सबैभन्दा बढी व्यस्त विमानस्थल हो ।