माछा जोगाउन झिलीमिली पोखरी - Dastabej

माछा जोगाउन झिलीमिली पोखरी


  • दस्तावेज

  • बर्दिया । रंगीबिरंगीं प्लास्टिकले पोखरीलाई माथिबाट ढाकेको छ । कन्चनन निलो पानीको प्रकासले पोखरीमा इन्द्रधनुषजस्तै देखिन्छ । घुमघाम गर्न पुग्नेहरु आश्चर्यमा पर्छन । यहाँका किसानहरुले माछा पोखरीलाई किन यसरी सजाएका होलन ? उनीहरुको सहज जवाफ हुन्छ,‘रहरले पोखरी सिँगारिएको होईन । बाध्यता हो । रंगीबिरँगीं प्लास्टिक पोखरीमाथि नराख्ने हो भने चराले सबै माछा खाइदिन्छ ।’ बढैयाताल गाउँपालिका ५ मा घरैपिच्छेजस्तो माछा पोखरी छ । बढैया, जगतिया, जगतपुर र फुलवारी टोलमा माछा पालनका लागि सय बढी पोखरी छन् । धान खेति हुने जग्गामा पोखरी बनाइएका छन् । ‘एउटै माछा एक÷दुई किलोसम्मको हुन्छ । चराले खाईदियो भने कम्ति घाटा हुँदैन,’ माछा किसान मिनराज पंँगेनी भन्छन्,‘त्यसैले माछा जोगाउन रंगीबिरंगी प्लास्टिकको झलारले पोखरी सजाइएको हो । रंगीन प्लास्टिक देखेर चरा भाग्छ ।’

    व्यवसायिक माछापालन भइरहेको त्यस क्षेत्रमा गाईन चरा अधिक छन् । कालो रंगको उक्त चराले आकासबाटै पोखरीमा डुबुल्की लगाएर माछा समाएर लैजान्छ । हजारौ चराको आतंकबाट जोगिन किसानले पोखरीमाथि रंगीबिरंगी प्लास्टिक झलार लगाएका हुन । ‘डुबुल्की लगायो कि माछा लाग्यो भन्ने बुझ्नु पर्छ । दिनमा चार÷पाँचवाट माछा लाग्यो भने लगानी डुब्यो,’ उनले भने,‘पहिलो त प्लास्टिकले ढाकेको पोखरीमा चराले आकासबाट डुबुल्की मार्न सक्दैन । अर्को कुरा रंगीचंगी कागजले डराउँछ ।’ चराबाट माछा जोेगाउन कतिपयले चौकीदार राखेका छन् । तर आकासतिरबाट चरा एक्कसी आउनेभ भएकाले माछा जोगाउन किसानलाई चुनौती थपिएको छ । ‘मान्छे लगाएर चरा खेद्न सम्भव छैन । त्यसैले भरपर्दो माध्यम भनेको पोखरीमा प्लास्टिक लगाउनु नै हो,’ अर्का किसान सीताराम चौधरी भन्छन्,‘चरा आतंक बढ्दो छ । माछा जोगाउन हामी आफैले यो उपाय निकालेका हौँ ।’ प्रकेतिकरुपमै रहेको यस क्षेत्रकै ठूलो १ सय १० विगहाको ताल यही क्षेत्रमा छ । जसका कारण विभिन्न प्रजातीका चराहरु त्यहा“ पाईन्छ । माछा सहजै पाईने भएकाले माछा खाने चराको आतंक बढेको हो । उक्त तालमा ३१ बढी प्रजातिका स्थानीय चराहरु पाईन्छ । मुलुककै दुर्लभ प्रजातीका चरा पनि यहाँ पाइन्छन् । साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउँछन् । तर, संरक्षण अभावमा बासस्थान संकटमा परेपछि चरा अगमनमा कमी आएको छ । यहाँ सरास, करेंकुरुङ, साईबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी प्रजातीका चरा पाईन्छन् । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातीका बकुला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, विजुलागैरी, हरियो टाउके, सुईपुच्छे, सिम कुखुरा लगायत प्रजातीका चरा छन् । ति मध्ये बकुला, मलाह चिल, गाईन लगायतका चराले किसानको माछा खाने गरेको हो । सबैभन्दा बढी माछा खाने चरा कालो रंगको गाईन हो । चिलले पनि माछा लुट्छ । बकुलाले साना माछा खान्छ । ‘प्लास्टिकको झलारले चरा आतंक कम गरेको छ । तर पुर्णरुपमा नियन्त्रण गर्न सकिएको छैन,’ किसान सुरेश चौधरी भन्छन्,‘एउटा माछा लाग्यो भने दुई÷अढाई सय नोक्सन हुन्छ ।’

     

  • १५ फाल्गुन २०७७, शनिबार ११:११ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार