नेपालगन्ज— बाँके बैजनाथ गाउँपालिका १ गाभर फाँट । उत्तर र पुर्ब तर्फको चुरे, दक्षिण र पश्चिम सामुदायिक बनले घेरिएको छ । उपत्यका (भ्याली) झै लाग्ने सुन्दर फाँटमा लस्करै तीन वटा होमस्टे सन्चालनमा छन् । त्यसका मालिक हुन पुर्ब कमैया परिवारहरु । होमस्टेका हालका मालिक मानिने पुरुष कुनै दिन कमैया बस्थे । महिलाहरु जमिन्दारका घरमा कम्लरी । पुर्ब कमैया परिवार आत्मनिर्भर भएका छन् । अरुको जग्गामा अधिया बटैयामा गर्न छोडेका छन् । रातदिन होमस्टेमा आउने पहुनाको सत्कारमा लागेका छन् । होमस्टे व्यवसायले उनीहरुको जीवनमा ठूलो परिवर्तन ल्याई दिएको छ । ‘यो अवस्थामा हुन्छौ भनेर सोंचेको पनि थिएनौ । तर कर्मले यहा“सम्मको सफलता मिलेको छ,’ दाङ्गाली होमस्टे सन्चालक फुलपति चौधरीले भनिन्,‘होमस्टे राख्नु भन्दा पहिले हाम्रो आर्थिक अवस्था निकै दयनिय थियो । बिस्तारै ब्यवसाय राम्रो हु“दै गएपछि हाल खुसि छौँ ।’ उनी जान्ने भएदेखि कम्लरी बस्न जमिनदारको घरमा पुगेकी थिईन । बुझाउन चौधरीसंग विहेबारी भएपछि पनि उनी कम्लरी नै बसिन ।
जमिन्दारको ऋण तिर्न नसकेर जन्मथलो दांगबाट बुझाउन, बालकृण्ण र रामबुझाउन चौधरी रातारात भागेर बाँकेको गाभर आए । त्यहाँ रहेको ऐलानी जग्गामा छाप्रो बनाए । पेट पाल्नै पर्ने । त्यसका लागि खेती गर्ने जमिन भएन । कमैया नबसेपनि अरुको जग्गा अघिया बटैयामा लगाए । त्यसले मुस्किलले चार÷महिना खान पुग्यो । खेतिको समयबाहेक श्रीमानश्रीमति मजदुरी गरे । पुरुषहरु इतागारो जोडेने र काठको पनि काम गर्थे । त्यही शीप प्रयोग गरेर टहरा बनाए । उनीहरुका आफन्तले पनि होमस्टेबाट पैसा कमाउन सकिने सुझाए । उनीहरुले केही आर्थिक सहयोग पनि गरे । बाँके राष्ट्रिय निकुन्ज स्थापना भएपछि उनीहरु आफ्नै पौरखमा होमस्टेका लागि टहरा बनाए । पहुनाको खानपीनका लागि गोल घर निर्माण गरे । ‘सामुदायिक वनबाट काठ पायौँ । आफ्नै परिश्रमले होमस्टेका लागि आवश्यक पर्ने संरचना बनायौँ,’ पुर्बकम्लरी हाल होमस्टेकी मालिक फुलपति भन्छिन्,‘हामीसंग संरचना बनाउने पैसा थिएन । तर परिश्रम गरपछि बनाउन सफल भयौँ ।’

होमस्टे वरिपरी चरैतिर हरियाली भएका कारण आन्तरिक पर्यटकहरु घुम्न त्यहाँ घुम्न पुग्छन् । सुनशान बातावरण छ । थारु आर्गेनिक परिकारको जिब्रोमा झुण्डिने स्वाद । लोकल कुखुराको मासु, थारु समुदायको लोकप्रीय परिकार ढिक्री, घोंघी, सिद्रा र सिन्कीको चटनी, आलुको अचार यहा“को मुख्य परिकार हो । जसको स्वाद लिन नेपालगन्ज र आसपासका क्षेत्रबाट पहुनाहरु पुग्ने गर्छन । परिकार पनि सस्तो छ । एक रात बिताउन कोठाको मुल्य जम्मा चार सय छ । ‘आर्गेनिक खानको माग बढी हुन्छ । हामीकहाँ पाउने भएकाले पहुँनाहरु आउने क्रम बढेको छ,’ बुझाउन चौधरी भन्छन्,‘होमस्टे सुरु गरेपछि खेतिपातिको काम करिवकरिब छोडिसक्यो । सबै काम छोडेर पहुनाको सेवा गर्ने पेशामा लागेका छौँ ।’
होमस्टे सन्चालन गरेपछि परिवकार सबै सदस्यले घरमै काम पाएका छन् । महिलाहरु आर्गेनिक खानपीनका परिकार बनाउँछन् । बिद्यालयबाट फर्किएपछि बालवालिकाहरु सामुदायिक वनबाट दुना टपरीका लागि पात ल्याउँछन् । ‘होमस्टे व्यवसाय निकै राम्रो भएको छ । गाउँमा घुम्न आउने पहुनाका कारण आम्दानी बढेको छ,’ अर्का होमस्टेका मालिक तथा पुर्बकम्लरी शर्मिला चौधरी भन्छिन्,‘कम्लरी बस्दा अरुको घरमा काम ग¥थ्र्यौ । पैसा नपाउने । अहिले आफ्नै घरको कामले फुर्सद पाएका छैनौ । पैसा पनि कमाई भएको छ ।’ पुर्बकमैया परिवारले होमस्टे सन्चालन गरेको तीन वर्षमै आत्मनिर्भर भएका छन् । उनीहरुले आम्दानीबाट जग्गाजमिन जोड्न सफल भएका छन् ।