नेपालगन्ज । ढैयाताल गाउँपालिका ७ बकोटीया गाउँमा करिव तीन हजार वर्ष पुरानो जीर्ण शिव मन्दीर जीर्णाद्दरको प्र्रतिक्षामा छ । त्यसैले स्थानीयले ऐतिहासिक मान्छन् । लुुम्बनीस्थित भगवान गौतम बुद्ध र भारतको लखनउस्थित भुलभुलैया दरबारसंग मेल खाने गरी निमार्ण गरिएको संरचना करिव ४० फिट आग्लो छ । छेउमा रहेको कुँवा काठको पटराले ढाकिएको छ । थारु समुदायमा बिहेबारी हुँदा चाउर (चामल) धुना यही पुग्छन् । धार्मिक दृष्टिकोणले निकै महत्व मानिने उक्त संरचनाको संरक्षणमा भने सरकारको ध्यान पुगेको छैन । ‘यो मन्दिर बारे मेरो वाजेले आफ्नो बाजेले बनेको जानकारी नभएको बताउनु हुन्थ्यो । त्यसैले धेरै पुरानो मन्दिर हो भन्ने बुझिन्छ,’ बकोटीया गाउँका स्थानीय ५० बर्षीय रामदयाल चौधरी भन्छन्,‘मर्मत नभएर भत्किने अवस्थामा पुगेको छ । तर हामी यही पुगेर पूजा गर्छौ ।’ उक्त मन्दिरमा पाली भाषामा निमार्ण मिति लेखिएको थियो । बुझ्न नसक्ने उक्त मिति पनि मन्दिर जीर्णसंगै मेटिएको छ । त्यसका लागि अनुसन्धान आवश्यक छ । लुम्बिनीस्थित बुद्धको दरबारमा पाली भाषाको अवशेष भेटिएका छन् ।
बकोटीयास्थित उक्त मन्दिरमात्रै होईन बर्दियाका गाउँगाउँमा रहेका सयौं ऐतिहासिक सम्पदाहहरुको संरक्षण हुन सकेको छैन । शिवालय, मन्दिर, कुँवा, सयौं वर्ष पुराना मजार लगायतका ऐतिहासिक संरचनाहरु जीर्ण अवस्थामा पुगेका छन् । एउटै गाउँमा दुई÷तीन वटा शिव मन्दिर छन् । मन्दिर अगाडि भएका कुँवा पुरिएका छन् । थारु समुदायमा बिहेबारीका बेला चामल धुना अनिवार्य शिवालय अगाडिको कुँवामा पुग्नै पर्छ । तर हाल धाराको पानीले काम चलाईन्छ । मन्दिरमा पुग्ने परम्परा भने जारी छ । स्थानीय सरकार आएपछि सडकलगायतका विकास निमार्णका कामले गति लिएका छन् । तर ऐतिहासिक धार्मिक तथा परम्परागत संरचनातिर कस्ेको ध्यान पुग्न नसक्दा इतिहास मेटिन खतरा रहेको स्थानीय सुनाउ“छन् । ‘हाम्रा पुर्खाहरुले आफ्नै पौरख र लगानीमा निमार्ण गरिएका एतिहासिक सम्पदाको संरक्षण नगर्ने हो भने भत्किएर जाने छ । नयाँ पुस्ताले पुर्खाको चिनो देख्न पाउने छैनन्,’ स्थानीय युवा बीरबहादुर चौधरी भन्छन्,‘शहरका ऐतिहासिक सम्पदाको खोजीखोजी जिर्णोद्दर गरिदै छ । गाउँका सम्पदाको कुनै ख्याल गरिएको छैन ।’
लुम्बिनी प्रदेशका सांसद तथा बकोटीयका स्थानीय कबिराम चौधरीले गाउँगाउँमा रहेको ऐतिहासिक सम्पदाको संरक्षण हुननसकेको स्वीकार छन् । उनले सयौंं वर्ष पुराना ऐतिहासिक संरचना संरक्षणकालागि पहल गर्ने दाबी गरे । ‘यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी ध्यान कमै छ । म संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउछु,’ उनले भने,‘यस्ता संरचनाको संरक्षण गर्न नसक्ने हो भने इतिहास गुमेर जाने छ ।’ उनका अनुसार बर्षौ पुराना बर्दियाका मन्दिरमा भगवान गौतम बुद्धको दरवारमा प्रयोग गरिएको इटाजस्तै रहेको छ । बर्दियाको ईतिहाससंग जोडिएको बार बर्दिया (१२ जना गोठाला) को समाधिरहेको समारिक स्थान बारे कुनै खोजी भएको छैन । यहाँका स्थानीयका अनुसार उनै गोठालाहरुले बर्दिया बसाएको मानिन्छ । बारबर्दियामा अझै पनि उक्त स्थानको संरक्षण गरेर राखिएको छ । तर त्यसको समारिक महत्व बारे अनुसन्धान हुनसकेको छैन । उनीहरुले ईस ६२३ जुन गौतम बुद्धको जन्म वर्ष मानिन्छ त्यो बेला अघि नै बर्दियामा बस्ती बसालेको जनविश्वास छ । थारु सम्बत अनुसार यो २६४४ औं माघ मनाइएको छ । ‘यति पुरानो समारिक सम्पदाको अनुसन्धान नहुनु भनेको चिन्ताको विषय हो । सरकार काठमाडौंका सम्पदा संरक्षणमा मात्रै लाग्यो । गाउँमा रहेका ऐतिहासिक सम्पदाको बेवास्ता भयो,’ थारु अगुवा गोविन्द चौधरी भन्छन्,‘स्थानीय सरकारको ध्यान पनि यस्ता सम्पदामा परेको छैन । सुरुमा यस्ता ऐतिहासिक स्थानको पहिचान गरी अध्ययन हुनु पर्छ ।