डल्लामा डलर – Dastabej

डल्लामा डलर

गैंडा एक सय रुपैयाँको नोटमा बसेको छ । बाघले पनि कहिलेकांही नोक्सानी नपु¥याएको होईन । तर, पाँच सय रुपैयाँको नोटमा गैडा नै छ


  • दस्तावेज

  • नेपालगन्ज— राति जंगली हात्ती गाउँ पस्छ । घरमा क्षति पुु¥याई दिन्छ । स्थानीय हजारको नोट सम्झिन्छन् । नोटमा त्यही हात्तीको फोटो देख्छन् । गैडाको हकमा पनि त्यही हो । क्षति पु¥याउने गैंडा एक सय रुपैयाँको नोटमा बसेको छ । बाघले पनि कहिलेकांही नोक्सानी नपु¥याएको होईन । तर, पाँच सय रुपैयाँको नोटमा गैडा नै छ । यसैगरी जैविक बिविधता र बन्यजन्तुको सरक्षणको भावना जागेर होला, डल्लामा डलरको बर्षा हुन थालेको छ । घर भत्काउने र क्षति पु¥याउने हात्ती, गैंडा र बाघलगायतका बन्यजन्तु हेर्न आन्तरिक र बाह्य पर्यटकहरुको भीड लाग्ने गरेको छ । नोटमा मात्रै देखेका पर्यटकहरु ‘लाइभ’ बन्यजन्तु हेर्न पाउने आशमा डल्ला गाउँ पुग्छन् । र, त्यही फोटो आंकित नोट खर्चिन्छन्, स्थानीयले सोंचेभन्दा बढी ।
    ‘बन्यजन्तुले क्षतिमात्रै गर्दैनन् । आम्दानीको स्रोत पनि बनेका छन् । यसलाई हामीले अर्थोपर्जानकारुपमा लिएका छौँ । तर, बन्यजन्तुको संरक्षण भने जरुरी छ,’ स्थानीय संरक्षणकर्मी मंगल चौधरी भन्छन्,‘पहिले बन्यजन्तुले क्षति पु¥याउथे । अहिले त्यही बन्यजन्तुले डलर कमाउन सहयोग पु¥याएका छन् ।’ बन्यजन्तुको अवलोकनसंगै थारु संस्कृतिले पर्यटकहरुलाई लोभ्याएको छ । पहुनाका लागि घरघरमा होमस्टे खोलिएका छन् । परम्परागत आर्गेनिक थारु खानपीन र स्थानीयका स्वाद छाँदै छ, थारु सांस्कृति नाँचमा रमाउँछन्, पर्यटक । होमस्टे त्यही बन्यजन्तु हेर्न आउने पहुनाहरुकै लागि बनाइएको हो । बन्यजन्तु संरक्षणपछि थारु सांस्कृति संरक्षणमा सहयोग पुगेको छ । ढिक्री, चट्नी, बरीया, लोकल कुखुराको मासुलगायतका थारु परिकारले पहुनाको स्वागत गरिन्छ ।

    बर्दिया राष्ट्रिय निकुन्जको मुख्यालय ठाकुरद्वारादेखि दक्षिण केही दुरीमा डल्ला गाउँ पर्छ । गाउँ नजिकै निकुन्जसंग जोडिएको शिब सामुदायिक बन छ । त्यही जंगलमा एकसिंगे गैडा र पाटेबाघको बासस्थान बनेको छ । सूर्यपटुवा गाविसमा पर्ने उक्त सामुदायिक वनमा अन्य थुप्रै बन्यजन्तुहरु सजिलै हेर्न सकिन्छ । डल्ला बर्दिया राष्ट्रिय निकुन्ज र भारतको कतर्नियाघाट बन्यजन्तु आरक्षको प्रमुख करिडोर हो । उक्त करिडोर भएर नेपाल—भारतको निकुन्जमा दुलर्भ बन्यजन्तु ओहोरदोहोर गर्छन । हाल उक्त सामुदायिक वनभित्र बन्य जन्तु अबलोकन गर्न आन्तरिक पर्यटकका लागि शुल्क लिने गरिएको छ । उक्त रकम संरक्षणका लागि उठाइएको हो ।

    बन्यजन्तुसंगको द्वन्द्व चर्किदै गएपछि स्थानीय शिवशक्ति सामुदायिक वन आफै संरक्षणमा जुटेका हुन । उनीहरुले सखाप हुन लागेको वनमा बिरुवा रोपेर जोगाए । वन क्षेत्र बिस्तारसंगै स्थानीय र बन्यजन्तुबीचको द्वन्द्व कम हुँदै गएको छ । ‘बासस्थान नै मासेपछि बन्यजन्तु गाउँ पस्ने नै भए । त्यसैले संरक्षणमा लाग्यो,’ संरक्षणकर्मी पर्शुराम चौधरीले भने,‘अहिले तिनै बन्यजन्तु आम्दानीका स्रोत बनेका छन् । सामुदायिक बन क्षेत्र भित्र गैंडा आहल बस्न ५ वटा पोखरी निर्माण गरिएको छ । वनको ५० हेक्टर क्षेत्रलाई घासे मैदानको रुपमा बिकास गरिएको छ । जहा“ गैडालाई चरिचरनका लागि सहयोग पुगेको छ ।

    थारु समुदायको बाक्लो बासवास रहेको डल्लाका स्थानीयले २०६७ सालदेखि बन्यजन्तुको संरक्षणमा जुटेका हुन । अहिलेसम्म आईपुग्दा उक्त गाउँ पर्यटकिय क्षेत्रका रुपमा बिश्वभरी चिनारी बनाउन सफल भएको छ । नेपालमै पहिलोपल्ट त्यही वर्षमा होमस्टे स्थापना गरिएको थियो । त्यसको सिको बाँके, बर्दियासंग मुलुकका विभिन्न जिल्लामा भइरहेको छ । ‘यो सबै सामुदायिक वन र बन्यजन्तुको संरक्षणले सम्भव भएको हो । संरक्षण गर्नसक्ने हो भने बन्यजन्तुले एकजनालाई मात्रै होईन सिंगो गाउ“का लागि आम्दानीको स्रोत बन्नसक्छन्,’ मंगलले सुनाए,‘पहिले बन्यजन्तुले नोक्सानी गर्दा निकै रिस उठ्थ्यो । अहिले सम्बन्ध जोडिएको छ ।’

    उनले भनेजस्तै, होमस्टे र थारु सांस्कृतिक कार्यक्रमले गाउँभरीकै स्थानीयले पहुनाको स्वागत गर्दै राम्रो आम्दानी गर्दै आएका छन् । होमस्टेमा पहुना बस्दा, पारिवारिक बातावरणमा खानपीन गराएको शुल्क सम्बन्धित घरधनीले लिने गरेका छन् । किशोरकिशोरीले छोक्रा, झुमरा, सखिया,लठठीलगायतका नृत्य पहुनालाई देखाए आम्दानी गर्छन । गाउँमा २३ वटा होमस्टे स्थापना गरिएको छ । ५२ पहुना एकै दिन उक्त गाउँमा अटाउन सक्छन् । हालसम्म आन्तरिक र बाह्य गरी १ लाख बढी पर्यटक डल्ला पुगिसकेका छन् । युरोपका पर्यटकहरु पनि यहाँ रमाईलो गर्न आउने गरेका छन् । पहुना थप्दै गएपछि स्थानीयलले होमस्टे थप्ने क्रम जारी छ । तारे होटेलभन्दा निकै सस्तो भएका कारणले पनि पर्यटकहरुका लागि डल्ला गाउँ छनौटमा परेको हो । होमस्टेमा बस्न, खाना पनि निकै सस्तो छ । होम स्टेमा शौचालय, स्नानघर र आरामदायी सुत्ने कोठाहरुको ब्यबस्था गरिएको छ ।

    यहाँ आएका पहुनालाई स्थानीयले आफ्नै परम्परागत तरिकाले स्वागत गर्छन । गाउँमा पुग्ने बित्तिकै टिका लगाई दिन्छन् । माला लगाएर सत्कार गर्छन । आफ्नै मौलिक पहिरनमा सजिएका थारु महिलाले हाम्रो गाउँमा स्वागत भन्दै अभिबादन गर्छन । पहुनालाई लोप भइसकेको लहडुमा राखेर गाउ“को अवलोकन गराउँछन् । बन्यजन्तुको संरक्षणले परम्परागत थारु सांस्कृति संरक्षणमा पनि ठूलो सहयोग पुगेको छ ।

    जैबिक बिबिधता संरक्षण तथा आर्थोपर्जानका लागि उक्त सामुदायिक बनले अन्तराष्ट्रिय चर्चा पाइसकेको । अब्राहम कन्जरबेशन एवार्ड २०११ यही वनले पाएको थियो । बिश्वभरीका १ हजार बढी संघ संस्थाबिच भएको ‘बिबिसी वर्ल्ड च्यालेन्ज २०११ प्रतियोगिताको अन्तिम १२ मा समेत परेको थियो । डल्ला गाउँका स्थानीय संरक्षणमा जुटेपछि निकुन्जमा पनि बन्य जन्तुको संख्या बढेको छ । हाल ८४ पाटेको बाघ निकुन्जमा रहेको अनुमान गरिएको छ । चोरी शिकारी पनि रोकिएको छ । चारी शिकारी नियन्त्रणका लागि युवा दास्ता गठन गरिएका छन् । बाताबरण संरक्षणका लागि डल्ला गाउँका स्थानीयले प्लाष्ट्रिक मुक्त क्षेत्र घोषणा गरेका छन् । गाउ“मा बिद्युतिकरण गरिएको छ । कक्षा ८ सम्म अग्रेजी भाषामा बिद्यालय सञ्चालन गरिएको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार १०:०८ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ