जाजरकोट . जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटमा भखरै मात्र सरुवा भए/ cfएका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकले जाजरकोट जिल्लामा हुने दैनिक दुर्घटनाका घटनाहरु घटन नदिन ट्राफिक चेकिङ लाई तीव्रता दिर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको कार्यालय प्रमुख समालेको दुई दिन पछी सवारीसाधन चेकिङ गर्दा दुइ घण्टामा तेत्तीस हजार राजस्व संकलन भएको छ।
जाजरकोट खलंगा सदरमुकाममा बढ्दो सवारी चाप र साँघुरो, धुलाम्मे सडकका कारण पनि दुर्घटना हुने गरेका छन् । तर, ट्राफिक प्रहरी घटनाहरु घट्न नदिन सक्रिय भएको छ । सवारी–साधनलाई नियमन गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।सोमबार ट्राफिक प्रहरीले दुई घण्टामा मात्रै ३३ नियमविपरीत सवारी–साधनबाट राजश्व संकलन गरेको छ ।
मापदण्डविपरीत सञ्चालन भएका ३३ वटा सवारी–साधनलाई कार्बाही गर्दा सो राजश्व संकलन गर्न सफल भएको हो ।मुख्य जाजरकोट –सुर्खेत नेपागन्ज जोडने सडकखण्डमा सञ्चालन हुदै आएका सम्पुर्ण साधनको अनुगमन चेकजाँचका क्रममा त्यी सवारीहरू मापदण्ड विपरीत सञ्चालन भएको पाईएको हो,’ ट्राफिक प्रमुख बिकले भने । ट्राफिक कार्यालय सोमबार चेकजाँच गरेका थिए । चेक जाँचमा यात्रु बाहेक सवारी साधनको भाडादर,कागजपत्र,सवारी साधनको अवस्था,सिट क्षमता बढी यात्रु राख्ने, मालवाहक सवारी साधन प्रयोजन विपरित प्रयोग गरिएकालाई कार्बाही गरिएको थियो । नियमित चेक जाँचले सडक दुर्घटनामा कमी आउने ट्राफिक प्रमुख बिक भनाई छ । कार्यालय प्रमुख बिकका अनुसार जाजरकोट जिल्लामा आफुले जाजरकोटमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरण तथा जाजरकोटमा हुने चेकिङलाई तीव्रता दिने उहाँको प्रतिबद्धता रहेको बिक भनाइ छ। यात्री ठगिनबाट जोगिन्छन् । क्षमता भन्दा बढी यात्रु बोक्ने काम हट्ने यात्री सुरक्षित रहने विश्वास लिएको छ । यात्रामा केही सास्ती भएपनि यात्रा सुरक्षित रहने भएकोले चेकजाँचलाई नियमित लागु गर्नुपर्ने यात्री बताउँछन् ।