बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र राजापुरका गाउँपालिका नौरगांँका लालबहादुर थारुलाई सोमबार बाघले झम्टेर बेपत्ता बनायो ।
उनी भैसी चराउन गएका थिए । हात्तीको सहायतामा खोजी गर्दा उनको शव भेटिएको छ । यसअघि पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी महिलालाई बाघले झम्टेर ज्यान लियो । बर्दिया निकुन्जको महेन्द्र राजमार्ग र खाता जैविक मार्गमा यस्ता घटना दोहोरिने गरेका छन् । चालु आर्थिक बर्षमा पाटे बाघको आक्रमणमा परी ७ जनाको ज्यान गइसकेको छ । मध्वर्ती क्षेत्रमा त्रास बढेको छ । अखिर बाघ किन रिसाए त ? आक्रमण किन बढ्यो त ? ‘पछिल्लो समय बाघले आक्रमण गरेको घटना बढि सुनिन थालेको छ । तर भुरीगाउँको घटनाबाहेक सबै आक्रमण बाघसंग एक्कासी जम्काभेट भएपछि भएका हुन,’ बाघ बिशेज्ञा डा. नरेश सुवेदी भन्छन्,‘अहारा नपुगेर आक्रमक भएको होईन । संख्या बढेर निकुन्जबाट बाहिर गएको पनि होईन ।’ बर्दिया राष्ट्रिय निकुन्जमा व्यस्क पाटे बाघको संख्या ८७ पुग्यो । अझै संख्या बढ्ने क्रममै छ । तर संख्या बढेसंगै सर्वसाधारणहरुमाथि आक्रमणका घटना पनि बढेका छन् । बाघको आक्रमणमा परी तीन गम्भीर घाईते भए । त्यसअघि हात्ती चराउदै कुचि बनाउन घाँस काटिरहेको अवस्थामा बाघको आक्रमणमा परी माउते ठाकुरबाबा नगरपालिका ७ मोहनपुरका ४५ वर्षीय मंगु्र थारुको ज्यान गयो । दुई महिनाअघि भगवती मध्यवर्ती सामुदायिक वनमा बाख्रा चराउदै गरेको अवस्थामा बाँसगढी नगरपालिका २ राँझाकी गंगा सलामी मगरको बाघकै आक्रमणमा मृत्यू भयो । बाघ आक्रमणबाट मृत्यू भएका ७ वटै घटनाको अध्ययन गरेर उक्त निस्कर्षमा अनुसन्धानकर्ता पुगेका हुन । बाघ आक्रमणबाट मृत्यू एक घटना भारतीय सीमामा भएको थियो । गत अगस्ट २५ मा निकुन्जको मध्यवर्ती गाउँ ठाकुरबाबा नगरपालिका १ भुरीगाउँका ७१ वर्षीय पहारिया चौधरीलाई बाघले आक्रमण गर्दा मृत्यू भएको थियो । गाउँमा बाघ किन पस्यो त ? डा. सुवेदीले कारण सुनाए,‘त्यो बाघ निकै बुढो भइसकेको थियो । घाईते थियो । निकुन्जमा शिकार गर्न नसकेपछि गाउँ पस्यो । सुंगुरको शिकार गर्न खोर नजिकै लुकेको थियो । त्यही बेला सुंगुरलाई दाना हाल्न गएका व्यक्तिमाथि आक्रमण गरेको हो ।’ घटनापछि उक्त बाघलाई नियन्त्रणमा लिइएको थियो । उपचारकै क्रममा केही दिनमै मृत्यू भयो । अधिकांश घटना निकुन्ज आसपासका मध्यवर्ती क्षेत्रमा भएका हुन ।
तर निकुन्जसंग निकै टाढा रहेको बढैयाताल गाउँपालिका २ को गहुँबारीमा पाटे बाघले आक्रमण गर्दा स्थानीय चन्द्रबहादुर शाहीले ज्यान गुमाए । विजय बुढा क्षेत्री गम्भीर घाईते भए । फरबरी २ मा उक्त घट्ना भएको हो । ‘त्यो घटना भारतको जंगलबाट आएको बाघबाट भएकोजस्तो देखिन्छ । घुम्दै आउदा उज्यालो भएपछि गहु“बारीमा लुकेर बसेको बेला त्यस्तो भएको हुनसक्छ,’ बिज्ञ डा. सुवेदी भन्छन् ।
बर्दिया निकुन्जमा बाघ बढेर आक्रमणका घटना नबढेको उनको तर्क छ । उनले आफ्ना तर्कलाई पुष्टि गर्न थुप्रै नजिर पेश गरे । बर्दिया राष्ट्यि निकुन्जमा सन् २०१८ को गणनामा नेपालकै सबैभन्दा बढी ८७ बाघ देखिएका हुन । निकुन्जको क्षेत्रफल र बाघको संख्यालाई बिशलेषण गर्ने हो भने ५ वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वयर किमि टेरीटोरी पर्छ । चितवन राष्ट्रियको क्षेत्रफल र संख्याको अनुपातमा चार वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वायर क्षेत्रफल पर्छ । भारतको कार्बेट राष्ट्रिय निकुन्ज र बर्दियाको निकुन्जको फिचर, हावा पानी लगायतका जैविक बिबिधता सबै मिल्छ । त्यहाँ १४ वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वायर क्षेत्रफल पर्छ । भारतकै नागरहोल राष्ट्रिय निकुन्जमा ११ वटा बाघ प्रतिसय किलो मिटर स्क्वायर छ । भारतकै कान्हा राष्ट्रिय निकुन्जमा ६ वटा र रणथम्भौर राष्ट्रिय निकुन्जमा ७ वटा बाघको प्रतिसय किलो मिटर स्क्वायर टेरीटोरी पर्छ ।‘मेरो निस्कर्ष के हो भने बर्दियाजस्तै खानपान भएका, बर्दिया भन्दा कम संख्याका अहारा भएका निकुन्जमा १२÷ १४ वटा बाघ प्रति सय किमि स्क्वायरमा बस्छन् । बर्दियामा ५ वटा बाघ प्रति सय किलो मिटरमात्रै टेरीटोरी छ । त्यसैले निकुन्जमा नअटाएर गाउँ पसेको भन्नै मिलेन,’ उनले तर्क गरे ।
बर्दिया निकुन्ज ९ सय ६८ वर्ग किमि र बाँके राष्ट्रिय निकुन्ज ५ सय ५० वर्ग किमि क्षेत्रफल छ । दुई निकुन्ज जोडेर हेर्ने हो भने झण्डैझण्डै १६ सय वर्ग स्क्वायर किमि छ । बर्दिया निकुन्जमा ८७ र बदिया निकुन्जमा २१ गरी १ सय ८ वटा पाटे बाघ छन् । भारत निकुन्जको नजिरलाई मान्ने हो भने बाँके र बर्दिया निकुन्ज कम्पलेक्समा १ सय ७५ पाटे बाघ सहजै बस्न सक्छन् । ‘१७५ बाघ भए पनि प्रति सय किमि स्क्वायरमा ७ देखि ८ वटा बाघ बस्न सक्छ । जुन माध्यम खालको हो । त्यसैले बाघ अझै बढाउन सकिन्छ,’ डा. सुवेदीको मत छ । बाघको अहाराको दृष्टिकोणले पनि बर्दिया निकुन्ज निकै धनि छ । सन २०१८ मा अनुसन्धानले ७८ प्रजातीका बाघका अहारा प्रति किमिमा पाईन्छ । जुन नेपालमा सबैभन्दा बढी घनत्व हो । जरायो, बा“देर, ब“डेल, लगुना चित्तल अहारा प्रजातिका बन्यजन्तु हुन । बाघले ६० प्रतिशत अहारा चित्तलबाट पाउँछ । बाघ आक्रमणका घटना अहारका कारणले नभएको निकुन्जका अधिकारी बताउ“छन् । ‘सबैजसो घटना निकुन्ज र मध्यवर्ती क्षेत्र भित्रै भएका हुन । एकाधबाहेक बाघ अहारा खोज्न मानवबस्ती पसेको होईन,’ बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्,‘मान्छेलाई निकुन्जभित्र पस्न नपर्ने बातावरण बनाउन सक्ने हो भने आक्रमणका घटना हुँदैनन् ।’ बाघले प्रमुख तीन आवस्थामा आक्रमण गर्ने अनुसन्धानकर्मी बताउँछन् । बाघ बसेको स्थानमा प्रबेश गरेमा, बाघ आफ्ना बच्चासहित बसेको छ भने बच्चा लिन आयो भनेर र शिकार गरेर खाईरहेका बेला बढि आक्रमक हुन्छ । त्यस्तै एक पटक मानिसको रगत खायो भने नरभक्षि हुन्छ । त्यसबाहेक अपबादका रुपमामात्रै आक्रमण गर्छ । बिज्ञका अनुसार मान्छे उभिएर हिडेकाका बेला बाघले आक्रमण गर्दैन । बरु भाग्छ । मान्छे देख्ने बित्तिकै आक्रमण गरेको भए बर्दिया निकुन्जमा २० देखि ३० हजारसम्म पर्यटकहरु घुमेर फर्किन्छन् । ‘तर किन केही गर्दैन,’ डा. सुवेदीको प्रश्न छ,‘अरुको घरमा गएपछि होसियार हुनु पर्यो नि ? घाँस काट्ने बेला टाउको हलिन्छ । अहारा सम्झेर आक्रमण गर्न सक्छ ।’