बालबिवाह बारे अन्र्तक्रिया - Dastabej

बालबिवाह बारे अन्र्तक्रिया


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका ४ मा बाल अधिकार र बालबिवाह सम्बन्धि कानुनी व्यवस्थाबारे स्थानीय जनप्रनिनिधि तथा सरोकारवालाहरु संग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । त्रिवेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरको आयोजनामा भएको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिश्रम कुमार बर्माले बाल अधिकार र बालबिवाहको कानुनी व्यवस्थाबारे धेरैलाई जानकारी नभएका कारण समाजमा बालबिवाह भैरहेको बताए । यसरी वडा स्तरमामा बाल अधिकार र बालबिवाह सम्बन्धि कानुनी व्यवस्था बारे अन्र्तक्रिया कार्यक्रमले बालबिवाह न्युनिकरण हुने अध्यक्ष बर्माको भनाई थियो । कार्यक्रममा अधिबक्ता सन्तोष बिश्वकर्माले बालबालिकाको बाल अधिकारबारे कानुनी व्यवस्था र बालबिवाह गरेमा कानुनमा भाएको सजाय बारे जानकारी गराएका थिए । सहभागिहरुले बालअधिकार र बालबिवाहका बारेमा बिभिन्न जिज्ञासहरु राखेका थिए । सहभागीको जिज्ञासाको जवाफ पनि अधिबक्त सन्तोष बिश्वकर्माले दिएका थिए । नेपालको कानुनले २० बर्ष मुनिका बिवाहलाई अपराध मानेको छ । बालबिवाह गर्ने गराउनेलाई कासुर अनुसारको दण्ड र जरिवाना सहितको बिभिन्न सजायको पनि व्यवस्था गरेको छ । सर्वाङ्गीन बिकासका लागि महिला तथा बालबालिका सशाक्तिकरण परियोजना अन्र्तगत त्रिबेणी बिकास समाजले बालबिवाह न्युनिकरणका लागि बाँकेको बिभिन्न स्थानीय तहमा कार्यक्रम गर्दै आएको परियोजना संयोजक पतिराम थारुले बताए । कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्यहरु धर्म थापा, मोहनलाल गडारिया, सहादत अलि बागवान, बिपत्ति सुनार, मेलमिलाप समितिका वडा संयोजक जयराम यादव, जानकी माध्यमिक बिद्यालयमा निमित्त प्रधानध्यापक ललित बहादुर खत्री, बिद्यालय व्यवस्थापन समितिका सदस्य सोभाराम नाउँ, सहजकर्ता शोभाराम यादाव लगायत्को सहभागिता थियो ।

  • १८ फाल्गुन २०७७, मंगलवार १८:०४ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा