नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को वडा कार्यालयमा आज शनिबार बातावरण तथा बालअधिकार संरक्षण केन्द्र र वडा स्तरीय बालक्लव सञ्जालको आयोजना तथा १२ नं. वडा कार्यालयको आर्थिक सहयोगमा बालअधिकार तथा बालबालिकाको कर्तव्यहरु विषयक बक्तृत्वकला कार्यक्रम सम्पन्न भयो । ६० भन्दा वढि वडाका बालबालिकाहरु उपस्थिती रहेको प्रतियोगितामा बालक्लव सञ्जालको अध्यक्ष आसिका खड्काको अध्यक्षता, बडा अध्यक्ष वुद्धिसागर सुवेदीको प्रमुख अतिथी रहेको थियो साथै वडाको सदस्य दिनेशराज पन्त, बातावरण तथा बालअधिकार संरक्षण केन्द्र नेपालका अध्यक्ष तेजविक्रम शाह, वडका बालमैत्री समितिका पदाधिकारी एवम् सल्लाहकारहरु जनकराम भण्डारी,राम प्रसाद भट्राई, अमृत आचार्य साथै होलिल्याण्ड स्कुलको शिक्षिका निर्मला सारुमगरको उपस्थिति रहेको थियो । वडामा रहेका समुदाय र विद्यालय स्तरका २१ बालक्लवहरुका प्रतिसप्रधि विच भएको प्रतियोगितामा प्रथम आकृति चिडिमार ( शक्ति बालक्लव ), दितृीय सोनि भाट (ज्योति बालक्लव) , तितृीय सगुन पण्डित (सिर्जनशील बालक्लव) र सान्तवना स्थान सन्तोष सुनार(युनाईटेड बालक्लव) ले हासिल गर्नुभएको थियो । यस प्रतियोगिताको निर्णायकमण्डलको भुमिका बातावरण तथा बालअधिकार संंरक्षण केन्द्रका अध्यक्ष तेज विक्रम शाह, जे.वि स्कुल परस्पुरका प्रधानाध्यापक प्रसान्त चौवे र बालअधिकारकर्मी एवम् निवर्तमान जिल्ला बालक्लव सञ्जालको अध्यक्ष श्वेता गुरुङ्ग ले निर्भाह गर्नु भएको थियो । अन्य प्रतिसप्रधिहरुमा आसिका खड्का,संकेत कुर्मी, प्रसन्न सुवेदी मनिषा वली, निर्भिक राज वुढाथोकी, अमन वोहोरा, मोहित चिडिमार ,स्याम धोवी, जिनत भात, मेनेका वहेलीया, प्रतिक सुवेदी, सुफिया वागवान, स्नेहा चिडिमार र नन्दनी परियार ले भाग लिनु भएको थियो भने कार्यक्रमको सहजिकरण बालमैत्री सहजकर्ता राजेन्द्र विष्टले गर्नु भएको जानकारी बातावरण तथा बाल अधिकार संरक्षण केन्द्र नेपालको सचिव गिता आचार्यले बताउनु भयो ।