बर्दिया । प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँके को साझेदारीमा सञ्चालित बालिका तथा युवा शसक्तिकरण (नेतृत्व र निर्णय) परियोजना अन्तर्गते यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । प्लान ईन्टर नेशनल नेपाल को साझेदारीमा सन्चालित बालिका तथा युवा शसक्तिकरण परियोजना र बाल विवाह रोकथाम परियोजनासँग सम्बन्धित कर्मचारीहरु र परिवर्तनका संवाहकहरुलाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा ज्ञान अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । बिहिबार देखी सुरु भएको तालिमको सहिजकरण प्लान ईन्टरनेशनल नेपाल राष्ट्रिय कार्यालय काठमाण्डौका बिशेषज्ञ निराजन खड्काले गरे । परियोजना सम्बन्धि अभिमुखिकरण प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका कार्यक्रम बिशेषज्ञ बिनय ज्ञवालीले गरेका थिए । सिओसी सहजकर्ता शान्ता बि.क. ले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि तालिमले आफुमा धेरै कुराको जानकारी प्राप्त भएको समुदायमा जन चेतना फैलाउन सक्ने बनाएको बताईन् ।