बाँकेको जानकी गाउँपालिका ३ बन्जारेगाउँमा बाल अधिकार र बालबिवाह न्युनिकरण सम्बन्धि भएका कानुनबारे स्थानीय जनप्रनिनिधि तथा सरोकारवालाहरु संग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । त्रिवेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता गरेका जानकी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य लक्ष्मी पासीले बालबिवाह कानुनी अपराध हो, बालबिवाह गरे पछि दण्ड र जरिवाना भोग्नु पर्छ भन्ने बारेमा अधिकांसलाई जानकारी नभएका कारण समाजमा बालबिवाह भैरहेको बताइन् । वडा सदस्य पासीले बाल बिवाह र बाल अधिकारका बारेमा जनस्तर सम्म पुर्याउनका लागि सबै पक्षले आ आप्mनो स्तरबाट लाग्नु पर्ने वहाँको भनाई थियो । बालबिवाह र बालअधिकारका बारेमा जानकारी गराउदै अधिबक्ता उदयराम बर्माले बलबिवाह तथा बालअधिकार हनन् गर्ने जो कोहीलाई पनि कानुनमा छुट नभाएको बताए । बालविवाह गर्ने र गराउनेलाई ३ बर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । यती मात्रै नभर उमेर अनुसार बालबिवाह गर्ने र गराउनेलाई थप दण्ड र जरिवाना लाग्ने कानुनमा व्यवस्था रहेको छ । बाल अधिकार र बालबिवाह सम्बन्धि कानुनी व्यवस्था बारे स्थानीय र सरोकारवालाहरुलाई जानकारी गराउने क्रममा सहभागिहरुले बिभिन्न जिज्ञासाहरु राखेका थिए । सहभागीको जिज्ञासाको जवाफ पनि अधिबक्त उदयराज बर्माले दिएका थिए । नेपालको कानुनले २० बर्ष मुनिका बिवाहलाई अपराध मानेको छ । त्यसकारण २० बर्ष परा गरेर मात्रै सबैले बिवाह गर्नु पर्छ । सर्वाङ्गीन बिकासका लागि महिला तथा बालबालिका सशाक्तिकरण परियोजना अन्र्तगत त्रिबेणी बिकास समाजले बालबिवाह न्युनिकरणका लागि बाँकेको बिभिन्न स्थानीय तहमा कार्यक्रम गर्दै आएको सहजकर्ता मिश्रीलाल यादवले बताए । परियोजनाले जानकी गाउँपालिकाको वडा नम्बर ३, ४ र ६ मा बिभिन्न कार्यक्रम गर्दे आएको छ । कार्यक्रममा नेपाल पिछडा बर्गका जिल्ला अध्यक्ष राधेश्याम मौर्य, श्री माबि बन्जारे गाउँका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष कृतन रैदास, शिक्षिका सुस्मा शर्मा, वडा स्तरिय बाल क्लब संञ्जालका अध्यक्ष जितेन्द्र बर्मा, बान्जारे गाउँका बाल क्लबका अध्यक्ष निरज बरही, समाजिक परिचालक अशोक यादव लगायत् स्थानीयको सहभागिता थियो ।