नेपालगन्ज । प्रतिनिधिसभाको बैठक बस्नु एक घण्टा अगावै सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी अधिकारिता मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । एमाले र एमाले एकिकृतपछि पार्टीको नाम नेकपा राखिएको थियो । अदालतका सञ्चार विज्ञ किशोर पौडेलले दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ऋषि कट्टेलको आइतवार फैसला सुनाएको हो। नेकपा ओली र दाहाल नेपालका पक्षबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसलाले थप अन्यौलता थपिएको छ । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल दुई जना अध्यक्ष रहेको नेकपा दर्ता गरिएको निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषि कट्टेलले २०७५ मङ्सिर २१ गते मुद्दा दर्ता गरेका थिए।
उक्त विवाद बारे गुन १३ गते सुनुवाई सकिएको सकिएको थियो। सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नाम फेर्नुपर्ने जानकारहरूले बताएका छन्।