नेपालगन्ज । प्रतिनिधिसभाको बैठक बस्नु एक घण्टा अगावै सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी अधिकारिता मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाउँदै एमाले र माओबादी पार्टीको अस्तित्व भने कायमै राखेको छ । हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् ।
सर्वोच्चले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दर्ता गर्ने निर्णय बदर भएपछि निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र भनी फरक फरक रुपमा रहेका दलहरुको अस्तित्व ब्युँझिएको भन्दै एकीकरण गर्ने भए यथाशीघ्र निर्णय गर्नु भनी आदेश गरेको हो । एमाले र एमाले एकिकृतपछि पार्टीको नाम नेकपा राखिएको थियो । अदालतका सञ्चार विज्ञ किशोर पौडेलले दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ऋषि कट्टेलको आइतवार फैसला सुनाएको हो। नेकपा ओली र दाहाल नेपालका पक्षबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसलाले थप अन्यौलता थपिएको छ । प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल दुई जना अध्यक्ष रहेको नेकपा दर्ता गरिएको निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषि कट्टेलले २०७५ मङ्सिर २१ गते मुद्दा दर्ता गरेका थिए।