महिला दिवसको यस्तो छ इतिहास, अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ ? – Dastabej

महिला दिवसको यस्तो छ इतिहास, अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ ?

अन्तर्राष्ट्रिय महिला दिवस २०२१


  • दस्तावेज

  • बीबीसी ।अन्तराष्ट्रिय महिला दिवसबारे सञ्चारमाध्यममा उल्लेख भएको वा साथीहरूले कुरा गरेको तपाईँले देख्नु वा सुन्नु भएकै होला। तर यो दिवस केका लागि हो तरु यो कहिले मनाइन्छरु यो उत्सव हो वा प्रदर्शनरु महिला दिवसजस्तै पुरुष दिवस पनि छ किरु र यो वर्ष भर्चूअल रुपमा कस्ता कार्यक्रमहरू हुँदैछन्  ?विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि मार्च ८ लाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आएको छ।

    १) महिला दिवस कसरी सुरु भयो?

    क्लारा जेट्किन

    २) महिला दिवस कहिले मनाइन्छ?

    सन् २०१६ मा टर्कीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै महिलाहरू

    यो दिवस मार्च ८ तारिखमा मनाइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस यही दिन मनाउने भनेर क्लाराको कुनै विचार थिएन। सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले “रोटी र शान्ति” को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन। महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो। महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो। त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइन्छ।

    ३) महिला दिवसमा कुन रङ्गलाई प्रतीकका रूपमा प्रयोग गरिन्छ?

    बैजनी रङ्गले न्याय र गरिमा इङ्गित गर्ने भएकोले यो रङ्गलाई अन्तर्राष्ट्रिय महिला दिवससँग जोडिन्छ

    ४) अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ?

    वास्तवमा यो दिवस छ र त्यो नोभेम्बर १९ मा हो। सन् १९९० बाट यो दिवस सुरु भयो तर संयुक्त राष्ट्रसङ्घले यसलाई मान्यता दिएको छैन। यूकेलगायत विश्वभरिका ८० देशका मानिसले यो दिवस मनाउँछन्। यो दिवसमा समाजमा देन दिएका पुरुषको कार्यको चर्चा गर्ने र पुरुषको कल्याणका लागि चेतना जगाउने काम गरिन्छ।सन् २०२० को नारा “पुरुष र बालकहरूका लागि राम्रो स्वास्थ्य” रहेको थियो।

    ५) महिला दिवस कसरी मनाइन्छ र यो वर्ष कस्ता कार्यक्रम छन्?

    सन् २०१२ मा अन्तर्राष्ट्रिय महिला दिवसमा पहेँलो रङ्गको फूल हातमा लिँदै एक महिला

    अन्तर्राष्ट्रिय महिला दिवसका दिन धेरै देशमा सार्वजनिक बिदा दिइन्छ। ती देशमध्ये रुस पनि एक हो र त्यहाँ यो दिनको वरपर तीन-चार दिन फूलको व्यापार अन्य दिनभन्दा दोबर हुन्छ। चीनमा मार्च ८ तारिखमा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ। त्यहाँको राज्य परिषद्ले नै आधा दिन बिदा दिन सिफारिस गरेको हो, तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन्। इटलीमा यो दिन पहेँलो रङ्गको फूल एकअर्कालाई दिएर मनाइन्छ। यो परम्परा कसरी सुरु भयो स्पष्ट छैन, तर दोस्रो विश्व युद्धपछि रोमबाट यसरी फूल दिने चलन थालिएको ठानिन्छ। अमेरिकामा मार्च महिनालाई नै महिलाको ऐतिहासिक महिना मानिन्छ। प्रत्येक वर्ष यो महिनामा अमेरिकी महिलाहरूको उपलब्धिको सम्मानमा राष्ट्रपतिले उद्घोष गर्छन्।यो वर्ष कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण विश्वभरि नै धेरै भर्चूअल कार्यक्रमहरू हुने ठानिएको छ। त्यसमा संयुक्त राष्ट्रसङ्घको कार्यक्रम पनि पर्छ।

    ६) यो वर्षको नारा के हो?

    कमला ह्यारिस
    तस्बिरको क्याप्शन, गत वर्ष अमेरिकामा पहिलो महिला उपराष्ट्रपति निर्वाचित भइन्। कमला ह्यारिस यो पदमा पुग्ने पहिलो महिलामात्रै नभइ पहिलो अश्वेत, पहिलो एशियाली महिला समेत हुन्।
    सन् २०२१ का लागि संयुक्त राष्ट्रसङ्घले “नेतृत्वमा महिला: कोभिड-१९ ग्रस्त विश्वमा समान भविष्य हासिल गर्दै” भन्ने आशयको नारा घोषणा गरेको छ।यूएन विमिनकी कार्यकारी निर्देशक पुम्जिले मलाम्बो न्यूकाले भनिन्: “हामीलाई महिला प्रतिनिधित्व चाहिएको छ जसले सबै विविधता र क्षमताका महिला र बालिकाहरू प्रतिविम्बित गर्छ र त्यो सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक सबै अवस्थामा हुनुपर्छ। वास्तविक सामाजिक परिवर्तनका लागि यो नै एउटा माध्यम हो जसले निर्णायक तहमा महिलालाई पुर्‍याउँछ र त्यसले हामी सबैलाई फाइदा हुन्छ।”तर अन्य नाराहरू पनि छ। अन्तर्राष्ट्रिय महिला दिवसको वेबसाइटले #ChooseToChallenge अर्थात् ‘चुनौती दिन खोजन्नुहोस्’ भन्ने नारा राखेको छ। महिलाका लागि सकारात्मक परिवर्तन जुटाउने एउटा मञ्च प्रदान गर्न यो बनाइएको वेबसाइटले जनाएको छ।

    ७) महिला दिवस किन आवश्यक छ?

    सन् २०२० मा अन्तर्राष्ट्रिय महिला दिवसका दिन किर्गिस्तानमा दर्जनौं महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो

    विश्व आर्थिक मञ्चलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस अभियानले भनेको छः “झन्डै एक शताब्दीसम्म लैङ्गिक समानता हुनेछैन।” “हामीमध्ये कसैले पनि यो जीवनकालमा लैङ्गिक समानता देख्ने छैनौँ, र हामी धेरैका सन्तानहरूले पनि देख्ने देखिँदैन।” यूएन विमिनको हालैको तथ्याङ्कले कोरोनाभाइरसको विश्वव्यापी महामारीले २५ वर्षको बढ्दो लैङ्गिक समानतालाई पछाडि पार्ने खुलासा गरेको छ। महामारीका कारण महिलाहरू उल्लेख्य रूपमा घरायसी कामकाज र परिवारको रेखदेख गरिरहेका छन्। यसले गर्दा महिलाको जागिर र शैक्षिक अवसरहरूलाई असर गर्नेछ। कोरोनाभाइरस महामारी फैलिन थालेको बेलामा सन् २०२० मा विश्वभरि र्‍यालीहरू भए।किर्गिस्तानको राजधानीमा सन् २०२० मा भएको प्रदर्शनमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो। अभियानकर्मीहरूले महिलाका अधिकारहरू खस्किँदै गएको बताएका छन्। पाकिस्तानमा पनि हिंसा र मुद्दा लाग्न सक्ने धम्की दिइए पनि थुप्रै सहरमा र्‍यालीहरू भएका थिए। मेक्सिकोमा महिलाविरुद्ध हिंसा बढ्दै गएको भन्दै ८०,००० मानिस सडकमा ओर्लिएका थिए। त्यसक्रममा ६० भन्दा बढी मानिस घाइते भए। विगतका केही वर्षमा हामीले प्रगति देखेका छौँ र महिला आन्दोलन विगतमा कहिल्यै नपुगेको उचाइमा पुगेको छ। यो वर्ष अमेरिकामा उपराष्ट्रपति एक महिला बनिन्। कमला ह्यारिस उपराष्ट्रपति बन्ने पहिलो महिला मात्रै नभएर पहिलो अश्वेत र पहिलो एशियाली अमेरिकी पनि हुन्। सन् २०१९ मा पाँचजना महिलाले नेतृत्व गरेको नयाँ गठबन्धन सरकार निर्वाचित भयो। नोर्दन आयरल्यान्डमा गर्भपतनलाई अपराध नहुने व्यवस्था गरियो। सुडानमा सार्वजनिक स्थलमा महिलाले कस्तो लुगा लगाउनुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कानुनलाई खारेज गरियो। अनि #MeToo अभियान त कसले बिर्सन सक्छ र? सन् २०१७ मा सामाजिक सञ्जालमा सुरु भएको यो अभियानमा महिलाहरूले आफूले भोगेका यौन दुर्व्यवहारबारे बोलेका थिए।यो अहिले विश्वव्यापी रुपमा बढ्दै गएको छ। महिलाहरूले अस्वीकार्य र असहज लाग्ने व्यवहारबारे निरन्तर बोले र त्यसले गर्दा उच्च पदमा भएका धेरै मानिसहरू दोषी ठहर भए।

  • २४ फाल्गुन २०७७, सोमबार १३:२४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ