लुम्बिनी प्रदेशमा कस्को सरकार ? अंकगणित - Dastabej

लुम्बिनी प्रदेशमा कस्को सरकार ? अंकगणित

एमालेलाई जसपाले जसपाले सहयोग गर्ने हो भने मुख्यमन्त्री पोखरेलका लागि स्पष्ट बहुमत पुग्ने संख्या छ


  • दस्तावेज

  • नेपालगन्ज । सर्बोच्च अदालतदले पुर्ब एमाले र माओवादी केन्द्रको अस्तित्व दिएपछि त्यसको असर लुम्बिनी प्रदेश सरकारमा पनि परेको छ । लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य छन् । ति मध्ये पुर्ब एमालेका ४१ प्रदेश सांसद छन् । माओबादी केन्द्रका २०, कांग्रेसका १९ र जनता समाजबादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । माओबादी केन्द्र छुट्टिएपछि मुख्य मन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । लुम्बिनी प्रदेश सरकार बनाउन ४४ मत आवश्यक पर्छ ।
    यस्तो छ प्रदेशसभा अंक गणित
    लुम्बिनीमा प्रदेशमा प्रदेशसभा सदस्य संख्या ८७
    सरकार बनाउन आवश्यक पर्ने प्रदेशसभा सदस्या संख्या ४४
    एमाले प्रदेशसभा सांसद ४१
    माओबादी केन्द्रका २०
    कांग्रेस १९
    जनता समाजबादी पार्टी ६
    राष्ट्रिय जनमोर्चाका १

    माओवादी केन्द्रका २० सांसदले प्रधानमन्त्री केपी ओली निकटका मुख्य मन्त्रीले समर्थन नजनाउने संकेतपछि सरकार गठनका लागि तेस्रो स्थानमा रहेको जसपाका सांसद आवश्यक पर्ने छन् । यसअघि नेकपाको बहुमतको सरकार थियो । तर कांग्रेस, माओवादी र जसपा मिल्दा ४५ सांसद पुग्ने छन् । जुन प्रदेश सरकार गठनका लागि प्रायप्त संख्या हो । कतिपयले लुम्बिनी प्रदेशमा एमालेबाहेकको सरकार बन्न सक्ने बताउँदै आएका छन् । एमालेलाई जसपाले जसपाले सहयोग गर्ने हो भने ख्यमन्त्री पोखरेलका लागि स्पष्ट बहुमत पुग्ने संख्या छ ।

  • २५ फाल्गुन २०७७, मंगलवार १४:३१ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न