बाँकेमा किन हुन्छ दैनिक दर्जन बढी दुर्घटना ? - Dastabej

बाँकेमा किन हुन्छ दैनिक दर्जन बढी दुर्घटना ?

अनाहकमा ज्यान जाँदै


  • दस्तावेज

  • नेपालगन्ज । कम्दीमा टिप्परले ठक्कर दिंदा एक शिक्षकको ज्यान गयो । नेपालगन्ज उपमहानगरपालिका फुल्टेक्रा सडकमा गएको शनिबार मोटरसाईलले साईकललाई ठक्कर दिंदा अन्वरअली बागवानको मृत्यु भयो । मोटरसाईकल भे ९ प ७९९४ का चालक तिलकराम बर्मा र पछाडि सवार बाबुलाल बर्मा गम्भीर घाईते भए । घाईतेहरुको अवस्था गम्भीर छ । शनिबार नै नेपालगन्जमै मोटरसाईकल दुर्घटनामा परी सेफ अन्सारीको मृत्यु भयो । उनले चलाएको भे १० प ८०५ नम्बरको मोटरसाईकल कुकुरसंग ठोकिएर दुर्घटना भएको थियो । शुक्रबार महेन्द्र राजमार्गको मदन चोकमा भएको सडक दुर्घटनामा परी बर्दिया बाँसगढी नगरपालिका ३ का रामनरेश चौधरीको मृत्यु भयो । सडकमा रोकिएको भे १ त ५९१० नम्बरको ट्याक्टरमा ठोक्किएर मृत्यु भएको हो । बाँकेमा सानाठूला गरी दैनिक दर्जन बढी सवारी दुर्घटना हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले भने धनजन क्षति हुने गरी हुने दुर्घटनाको मात्रै अभिलेख राख्ने गरेको छ । बाँकेमा ट्रफिक नियम पालना नगरिने भएका कारण बढी दुर्घटना हुने गरेको हो । सबैभन्दा बढी दुर्घटना नेपालगन्ज र कोहलपुरमा हुने गरेको छ । जताभावी सडक काट्ने प्रवृतिका कारण दुर्घटना बढेको हो । नेपालगन्ज र कोहलपुरमा ट्रफिक नियमको पालना नगरिएकाले दुर्घटना बढेको हो । ‘जहाँ पायो त्यहीबाट बाटो काटिन्छ । ओभर ट्रयाक गर्दा पनि नियम पालन नगरेपछि दुर्घटना बढी भइरहेको छ,’ जिल्ला ट्रफिक प्रहरी कार्यालय बा“केका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारी भन्छन्,‘ट्रफिक नियम पालना हुनसके दुर्घटनाका घटनामा कमी आउने सक्थे ।’
    नेपालगन्ज—कोहलपुरमा फोरलेनको सडक छ । सवारी साधन र पैदल हिड्ने लेन छुट्याइएको छ । सडकको बीच भागमा ग्रीन बेल्ट बनाइएको छ । पैदल यात्रुका लागि जेब्रा क्रासिङ राखिएको छ । तर पैदल यात्रुहरुले ग्रीन बेल्ट भएर बाटो काटेको देख्न सकिन्छ । साईकल चालकहरु लेन परिवर्तन गर्दा ग्रीन बेल्ट भएर पार गर्छन । मोटरसाईकल तथा ठूला सवारी साधनहरु अनियन्त्रित झै कुदाएको देखिन्छ । सबैभन्दा ठूलो समस्या सवारी साधनहरु क्रसिङमा देखिएको ट्रफिक प्रहरीले जनाएको छ । ‘मुख्य सडकसंग सहायक सडकहरु जोडिएका छन् । सहायक सडकबाट गुड्दै गरेको सवारी साधनहरु मुख्य सडकमा स्पीडले गुडिरहेको ठूला सवारी साधनसंग ठोक्किएर दुर्घटना हुने गरेको छ,’ प्रहरी निरीक्षक भण्डारी भन्छन् । नेपालगन्ज र कोहलपुर शहरको अर्को ठूलो समस्या भनेको छाडा चौपाया हो । छाडा गाईगोरु, घोडा खच्चड र भुस्यहा कुकुरका कारणले पनि सडक दुर्घटना हुने गरेको छ । छाडा चौपायासंग ठोक्किएर सवारी साधन दुर्घटनाको समस्या बर्षौदेखिको हो । शिक्षण अस्पताल नेपालगन्जका डा. बिनोद कर्णले दैनिक आधा दर्जन दुर्घटनाका घाईतेहरु उपचारका लागि अस्पताल आउने गरेको बताए । ‘नेपालगन्ज कोहलपुरमा हुने दुर्घटनाका आधा दर्जन बढी घाईतेहरु उपचारका लागि दैनिक आउने गरेका छन्,’ उनले भने,‘दुर्घटनाका घटना नियन्त्रणका लागि दिर्घकालिन प्रयास हुन आवश्यक छ ।’ जिल्ला ट्रफिक कार्यालयका अनुसार फागुनमा मात्रै ६ वटा ठूला दुर्घनामा परी ६ जनाको ज्यान गयो । ६ जना घाईत भएका छन् । माघ महिनामा १३ दुर्घटना भए भने ४ को मृत्यु भयो २१ जना घाईते भएका छन् । पुस महिनामा १० दुर्घटनाका घटनामा ८ को मृत्यु भयो ११ जना घाईते भए । त्यस्तै मंसिर महिनामा १५ सवारी दुर्घटनामा परी ५ को मृत्यु १६ जना घाईते भएका छन् । कार्तिकमा १२ सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भयो भने ७ जना घाईते भए । असोज महिनामा १९ सवारी दुर्घटनामा परी ७ को मृत्यु भयो भने १५ घाईते भएका छन् । भदौ महिनामा २० सवारी दुर्घटनामा परी ५ को मृत्यु २५ जना घाईते भए । श्रावण महिनामा ६ सवारी दुर्घटनामा परी ३ को मृत्यु र ५ जना घाईते भएको ट्रफिक प्रहरीले जनाएको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार १०:२२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा