खजुराद्धारा मेयर रनिङ शिल्डलाई निरन्तरता – Dastabej

खजुराद्धारा मेयर रनिङ शिल्डलाई निरन्तरता


  • निरु चौधरी

  • नेपालगन्ज । खजुरा गाउँपालिकाले यो वर्ष पनि अन्तर बिद्यालय मेयर रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिएको छ । उक्त पालिकाले तीन वर्षदेखि प्रतियोगिता गर्दै आएको हो । बुधबार पत्रकार सम्मेलन गरेर फागुन २८ गते देखि चैत १ गते सम्म ३ दिन प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । खेलकूदले बालबालिकामा अन्तरर्निहित प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने कुरालाई मनन् गर्दै गाउँपालिकाले प्रतियोगिता निरन्तरता दिएको होे । प्रतियोगिता सम्पन्न भए पश्चात अम्दानी र खर्चको सबै बिवरण पत्रकार सम्मेलन गरेर जानकारी गराउने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रतिबद्धता जनाए । प्रतियोगितामा गाउँपालिका भरीका ६५ वटा बिद्यालयका १ हजार बिद्यार्थीको सहभागिता रहने छ । हालसम्म ९ सय ७ जना बिद्यार्थीले नाम दर्ता गराई सकेको प्रतियोगिता सचिवालय संयोजक यमनारायण महातोले जानकारी गराए । २ वटा बिद्यालयको बिवरण आउना बाँकी रहेको पत्रकार सम्मेलनमा जनाकारी गराइएको छ । कोभिड बिरुद्धको अभियानमा गुणस्तरिय शिक्षा र खेलकुदको नाराका साथ खजुराले यो बर्ष अन्तर बिद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता संञ्चालन गर्न लागेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कपड्डी, मार्शल आर्ट, बिभिन्न प्रकारका दौड लागयत् ३१ वटा खेलहरु राखिएका छन् । माध्यमिक र अधारभुत तहका बिद्यार्थीहरुलाई ३ बर्गमा बिभाजन गरेर खेल खेलाईने आयोजकको तयारी छ । यो खेललाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूदको छनोट खेलको रुपमा पनि लिइएको छ । खेल भव्य र सम्भय बनाउनका लागि बिभिन्न समितिहरु समेत गठन गरिएको छ । खेल अबधिभरीमा खेलाडीलाई चोटपटक लाग्न सक्ने सम्भावनालाई माध्येनजर गरेर ५० जना खेलाडीहरुको खेल अवधिभरी ५ लाख सम्माको उपचार बिमा समेत गरिएको छ । प्रतियोगितामा प्रथम, द्धीतीय र तृतिय स्थान हासिल गर्ने बिद्यालयहरुलाई मा. बि तर्पm क्रमशः २५हजार, १५ हजार र १० हजार, आधारभुत तर्फ कक्षा (६—८) क्रमश १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसै गरी अधारभुत तर्पm कक्षा (१—५)मा प्रथम, द्धतिय र तृतियलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । खजुरा गाउँपालिकामा मिश्रित जातजाति र धर्मावलम्वीहरुको बसोबास रहेकाले धार्मिक सद्भावको प्रतिकको रुपमा यो रनिङ शिल्ड खेलकूदको लोगोमा बिबिध धर्ममा धार्मिक स्थलहरु अंकित गरिएको छ । त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने बिश्वकै दुर्लभ जनावर चार सिंगे हरिण लाई प्रतिक चिन्ह (मास्कट) को रुपमा राखिएको छ । पत्रकार समेलनमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ला, शिक्षा समितिका सदस्य भक्त बहादुर केसी, मध्ये पश्चिम खेलकूद बिकास समितिका पुर्वा अध्यक्ष भीम ओली, संञ्चालन तथा व्यवस्थापन गर्ने जनकल्याण माध्यमिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्ती सुनार, प्रधानध्यापक भिम बहादुर थापा लगायत् अगुवा बुद्धिजिबीहरुको सहभागिता थियो ।

  • २६ फाल्गुन २०७७, बुधबार १४:०२ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन