बर्दियामा फेरि बाघले लियो ज्यान - Dastabej

बर्दियामा फेरि बाघले लियो ज्यान

बाघको आक्रमणमा परी बर्दियामा ८ जनाको ज्यान गयो


  • दस्तावेज

  • बर्दिया — मधुवन नगरपालिका—३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गरी रेनुका सुनारको ज्यान लिएको छ । बुधबार दिउँसो करिब १ बजेर ५० मिनेटमा बाघले झम्टेर लगेको थियो । सुनारको शव दशगजामा फेला परेको प्रहरीले जनाएको छ ।

    किन आक्रमण गर्छ बाघ ? ७ जनाको गयो ज्यान

    सशस्त्र प्रहरी बल बीओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बाघले आक्रमण गरेको महिलाको शव फेला परिसकेको जनाए । सुनारसहित ६ जना नजिकैको वनमा घाँस काट्न गएका थिए । बाघले सुनारलाई आक्रमण गरेपछि भागेका थिए । सशस्त्र प्रहरी बलले जानकारी पाएपछि घटनास्थल पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा पठाइएको छ । बाघको आक्रमणमा परी ८ जनाको ज्यान गइसकेको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार १७:५४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा