रोग पत्ता नलाग्दै मृत्यु - Dastabej

रोग पत्ता नलाग्दै मृत्यु

पुस्तामा सर्नेे महामारी


  • दस्तावेज

  • फाईल फोटो ः सिकलसेल परीक्षणका लागि आएका महिला ।
    नेपालगन्ज—पश्चिम तराईका थारु समुदायका हजारौ सर्वसाधारणहरु सिकलको महामारीबाट पीडित छन् । उनीहरु घरखेत बिक्री गरेर उपचार गर्न बाध्य छन् तर रोग निको भएको छैन । कतिको ज्यान गएको छ । भुसजस्तै फैलिरहेको सिकलको महामारी पुराना पुस्ताबाट गर्भबाटै सरिरहेको छ । रोग पत्ता नलाग्दै हजारौ बालवालिकाले ज्यान गुमाई रहेका छन् । ‘लामो समयसम्म भारतमा उपचार गराउ“दा पनि रोग निको भएन । एक दिन सिकलको बारे सुनेर भेरी अस्पतालमा जा“च गराउ“दा पुष्टि भयो,’ सिकलसेल पीडित भोला चौधरीले भने,‘रोगको पहिचान नहु“दै लाखौ खर्च भयो । हाल तीनतीन महिनामा जा“चका लागि अस्पताल पुग्छु ।’ उक्त रोग पुस्तान्तरण हु“दै गएकाले समस्या बल्झेको हो । पश्चिम तराईका थारु समुदायका करिव १८ प्रतिशतमा सिकल रहेको चिकित्सकहरु बताउ“छन् । तर सिकल जा“च नगरिएका कारण यसभन्दा बढी ंसंख्यामा पीडित हुनसक्ने शंका उनीहरुको छ ।
    उक्त रोग बारे नजिकैबाट अध्ययन गदै आएका भेरी अस्पताल नेपालगन्जका फिजिसीयन डा. राजन पाण्डेका अनुसार सिकलबाट पीडित ५ वर्षमुनिका ५० प्रतिशत बालवालिकाको ज्यान जाने गरेको बताउ“छन् । १५ देखि २५ वर्ष र ६० वर्षका ज्येष्ठ नागरिकमा समेत सिकलसेल पाइएको उनले बताए छ । यो रोगको लक्षण विरामीजस्तै नदेखिने भएकाले खतरा मानिएको हो । रोग नदेखिदै विहेबारी भई बच्चा जन्मिसक्ने भएकाले नया“ पिढीहरुमा सार्र्दै गएको छ । ‘शरीर दुख्थ्यो । उपचार गराउ“दा ठिक भएन । दुई छोरा जन्मिसकेपछि मात्रै मलाई सिकलसेल लागेको पुष्टि भएको छ,’ सिकलसेलबाट पीडित बर्दिया बारबर्दियाका भुमर चौधरी भन्छन्,‘छोराहरुको जा“च गर्दा एउटामा रोगको गुण देखिएको छ ।’ सिकलसेल लागेका थारु समुदायका ५ वर्ष मुनीका बालबालिकाको मृत्यु भएपनि रोगको पहिचान नहु“दा निमोनियालाई कारण मान्ने गरिएको छ ।
    सुरुमा सन २००३ मा दुई व्यक्तिमा उक्त रोग देखिएको थियो । तर, हाल जा“च हुन थालेपछि विरामीको संख्या बढ्दै गएको छ । बंशानुगत रोग भएकोले आमाबुवाबाट सन्तानमा सर्छ । विरामीहरु सम्पर्कमा आउन नसकेका र रोगको पहिचान हुन नसकेर अर्कै रोगको उपचार गराउन बाध्य छन् ।
    के हो सिकल ?
    सिकलसेलले औलो रोग लाग्ने सम्भावना कम हुने गर्छ । लामो समयसम्म एउटै वातावरणमा बस्ने, आफ्नै समुदायभित्र विवाहवारी गर्ने र गर्मी ठाउ“मा बस्नेहरुलाई यो रोग लाग्ने गरेको छ । दक्षिण अफ्रिका, अमेरीका, भारतको मध्य प्रदेश लगायत क्षेत्रमा बसोबास गर्दै आएका आदिबासीहरुमा समेत सिकलसेल एनिमिया रोग देखिएको छ ।
    गोलो आकारमा हुने रक्त कोष हँसिया आकारको हुनुलाई चिकित्सकले सिकलसेल एनिमिया भन्छन् । उक्त रोगका विरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जण्डिस, रक्त अल्पता र निमोनियाको समस्या देखिने चिकित्सहरु बताउ“छन् । सिकलसेलको पहिचान हुन नसक्दा अधिकांस पीडितले बाथ, यूरिसकेशी, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् । नेपालगन्जमा उपचारका लागि हालसम्म करिव एक हजार बढी विरामी फेला परिसकेका छन् । दैनिक सिकलसेलबाट पीडित विरामी दैनिक सम्पर्कका आउने क्रम जारी रहेको डा. पाण्डे बताउ“छन् । ‘यो बंशानुगत रोग भएकोले आमाबुवाबाट सन्तानमा सर्छ । त्यसैले एक जनामा रोग देखिनु भनेको धेरै व्यक्ति पीडित भएको शंका गरिएको हो,’ उनले भने,‘यसलाई जनस्वास्थ्यको समस्या नबनाउ“दासम्म रोगीको संख्या थपिदै जान्छ ।’
    नेपाल सरकार स्वास्थ्य अनुसन्धान परिषदसंग त्रिभुवन बिश्वबिद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले हालै गरेको अनुसन्धानपछि समयमै सवधानी नअपनाए मुलुकले ठूलो क्षति ब्यहोर्नु पर्ने चेतावनी दिएको छ । उसले पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाहरुको डिएनए परिक्षण गर्दा १८ प्रतिशत व्यक्तिहरुमा सिकलसेल हेटेरोजाईगोस ट्रेट पाइएको जनाएको छ । उक्त अनुसन्धानले ०६८ को थारु समुदायको जनसंख्यालाई आधार मान्दै ३ लाख बढी व्यक्तिहरुमा सिकलसेल रोगको गुण पाइएको जनाएको छ । त्यस्तै, समयमै डिएनए परिक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति ब्यहोर्नु पर्ने चेतावनी दिएको छ । चिकित्सकहरुले मुलुकभरीका थारुहरुको रगत परिक्षण गर्न सुझाव दिएका छन् । त्यसरी परिक्षण गरिएपछि मात्रै सिकलको बास्तविक अवस्था जानकारी हुने र रणनीति बनाउन सहज हुने छ । सिकल जा“च गर्न नेपालगन्जस्थित भेरी अन्चल अस्पतालमा व्यवस्था छ ।

  • २७ फाल्गुन २०७७, बिहीबार १२:४४ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा