नेपालगन्ज । भेरी ग्यास उद्योगको गाडी ठक्करको ठक्कर बाट एक जनाको मृत्यु भए पछि कोहलपुर तनावग्रस्त बनेको छ । बाँकेको कोहलपुरमा बुधबार बेलुका कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा मुगु सोरु गाउपलिकाका ३८ बर्षीय जयकर्ण मल्लको ज्यान गएको थियो ।मल्लका आफन्तले क्षतिपुर्तिको माग गर्दै कोहलपुर चौराहमा चक्काजाम गरिरहेका छन ।
स्थानिय विद्युतरोड चोकमा ट्रकले मल्ललाई ठक्कर दिएको थियो । प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ । कोहलपुरमा ब्यापक प्रहरी परिचालन गरिएका छन् । बाँके प्रहरी प्रमुर्ख एसपी ओम रानाले पीडक र पीडित पक्षबीच बार्ता भइरहेको र विवाद मिलिसकेको दाबी गरेका छन् । तर प्रदर्शन भने रोकिएको छैन ।