बर्दियामा फेरि बाघद्धारा आक्रमण, एक घाईते - Dastabej

बर्दियामा फेरि बाघद्धारा आक्रमण, एक घाईते

नरभक्षी बाघको पहिचान हुन सकेन


  • दस्तावेज

  • बर्दिया— मधुवन नगरपालिका ३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गरी एक महिलाको ज्यान लिएको भोली पल्ट बिहिबार साँझ गेरुवा गाउँपालिका १ वनखेतस्थित बेसवार छाउनी सामुदायिक वनमा ३५ वर्षीय सरोज कार्कीलाई आक्रमण गरी घाईते बनाएको छ । बर्दिया प्रहरीका अनुसार बाघको आक्रमणपछि कार्कीको दुवै हात र डाढमा चोट लागेको छ । उनको राजापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । घाईतेको अवस्थामा सामान्य रहेको छ । स्थानीय प्रशासनले मध्यवर्ती क्षेत्र र आसपासका जंगलमा घाँस–दाउरा र चरिचरनमा नजान सूचना जारी गरेकै दिन बाघले आक्रमण गरेको हो । बाघको आक्रमणमा परी बर्दियामा ८ जनाको ज्यान गइसकेको छ । बर्दिया निकुन्जको खाता जैविक मार्गमा बाघको आक्रमण बढेको हो । नरभक्षी बाघको पहिचान हुननसक्दा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन ।

  • २८ फाल्गुन २०७७, शुक्रबार १०:०६ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा