विवाद भएपछि धारा जुमा कप फुटबलको विहानी खेलहरु रोकियो – Dastabej

विवाद भएपछि धारा जुमा कप फुटबलको विहानी खेलहरु रोकियो


  • सुनिल रेग्मी

  • नेपालगन्ज रंगशालामा विहिवारबाट शुरु भएको जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिताको दोस्रो संस्करण दोस्रो दिनमै विवादित बन्न पुगेको छ
    इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)र सहकारी विचको खेल स्थगित भएको छ भने त्यस पछि हुने खेल वार एशोसियसन र बैकरर्स बिचको खेल पनि स्थगित भएको छ । एक खेलडीले बताए अनुसार आयोजकले आफु खुसी नियम बनाउदाँ खेल प्रभावितभएको बताए । उनले खेलाडीहरु मैदान छिरिसके पछि खेल रोकिनु दुःखद् भएको बताउदैँ केहि कमजोरी भए पोटेस्ट हाल्न सकिने ब्यवस्था हुँदाहदैं आयोजकले खेल रोकेको मा आपत्ति जनाए । आयोजक जुमा स्पोर्टस् क्लबका अध्यक्ष भिम बहादुर रानाभाटले प्रविधिक काराणले विहानको खेल स्थगित गर्नु परेको बताए । स्रोतका अनुसार पान का विषयमा आयोजक र सहभागी टिम विच विवाद भएको हो । आइएसपीले २ बजे सम्म विवाद नसकिए प्रतियोगिताको खेलहरु संन्चालन गर्न नदिने बताएका छन् । प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ प्रतियोगिता। चैत्र २ गते सम्म संचालन हुनेछ ।प्रतियोगिताको बिजेता टीमले १ लाख १ हजार ५ सय रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गरेक थिए ।

  • २८ फाल्गुन २०७७, शुक्रबार १२:०८ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला