नेपालगन्ज उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र - Dastabej

नेपालगन्ज उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको प्रमाणपत्र प्रदान गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले पूर्ण खोप सुनिश्चितता तथा दीगोपना निरन्तर हुनुपर्ने भएकाले निश्चित कार्ययोजना बनाइएको बताए । उनका अनुसार १६ देखि २३ महिना उमेरसम्मका सम्पूर्ण बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र दिनु पर्ने सम्पूर्ण खोप दिइएपछि पूर्ण खोप सुनिश्चितता गरिएको हो । नेपालगन्जमा जन्मेदेखि एकपटक पनि खोप नलगाएका १९ जना बालबालिकाको पहिचान गरी उनीहरुलाई खोप दिइएको छ भने केही खोप लगाएपनि सम्पूर्ण खोप नलगाएका २ सय ६३ जना बालबालिकालाई सम्पूर्ण खोप दिइएको छ । यसैबीच उपमहानगरपालिकाको स्वास्थ्य नीति, ऐन, नियमावली तथा कार्यविधि निर्माणका लागि कार्यदल गठन गरेको छ । नगरको स्वास्थ्य नीति, ऐन, नियम निर्माणका बारेमा शुक्रबार भएको छलफल कार्यक्रममा सामाजिक विकास समितिका संयोजक बशन्ता जोशीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा वडा नम्बर २ का अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १४का अध्यक्ष ओमकारनाथ मिश्रा, कार्यपालिका सदस्य इन्दिरा शाही, कौसलकुमार धोवी, प्रशासन प्रमुख राजन केसी, लेखा अधिकृत लोकेन्द्र रावत, योजना शाखा प्रमुख भुपेन्द्र वोहरा, कानून शाखा प्रमुख माया शर्मा र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द्र रहेका छन् ।

  • २८ फाल्गुन २०७७, शुक्रबार १६:१० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा