डुडुवाको कृषि नीति २०७७ सर्वसम्मत रुपमा पारित - Dastabej

डुडुवाको कृषि नीति २०७७ सर्वसम्मत रुपमा पारित


  • दस्तावेज

  • बाँके डुडुवा गाउँपालिकाको आठौ गाउँसभाले ऐन निति, बजेट संशोधन र प्रगति प्रतिबेदनलाई पारित गरेको छ ।

    सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्वन सम्वन्धमा गर्न बनेको विधेयक २०७७ र डुडुवा गाउँपालिकाको कृषि नीति २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ ।

    विधेयक समितिका संयोजक लिलावति यादवले प्रस्तुत गर्नुभएको ऐन र नितिलाई पारित गरिएको हो ।

    सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको बजेटको संशोधन प्रस्ताव र चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुन २० गतेसम्मको विभिन्न विषयगत शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

    प्रस्तुत बजेट संशोधन र प्रगतिलाई सर्बसम्मत रुपमा पारित गरिएको थियो । गाउँपालिकाका विभिन्न शाखा अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशु, बन तथा बातावरण र विकास निमार्णका योजना लगायतका बारेमा प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ ।

    गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सभाका सदस्य सचिव प्रशुराम उपाध्यायले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभासदहरुको सहभागिता रहेको थियो ।

    गाउँपालिकाले बहुवर्षिय ठुला आयोजना अन्र्तगत राप्ती नदी पुलस्थित शिवको प्रतिमा निमार्ण, कोल्ड स्टोर निमार्ण, हलकारापुर्वा र राजारामपुर्वा बिचमा डुडुवा नालामा झुलुङ्गे पुल निमार्ण, अमृतपुर्वादेखि रामनगर पाझासम्म पिसीसि सडक निमार्ण र गाउँपालिकाको प्रशासकिय भवन निमार्ण रहेका छन ।

    ति आयोजनाहरुलाई मुख्य प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, कन्य मुद्दती खाता, स्वास्थ्य र पशु अन्र्तगत मुख्य कार्यक्रम संचालनको योजना रहेको छ ।

  • २८ फाल्गुन २०७७, शुक्रबार २०:०५ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न