नेपालगन्ज रंगशालामा विहिवारबाट शुरु भएको जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिताको दोस्रो संस्करण खेल शुरु हुन सकेको छैन । आयोजले टिमलाई ७ बजे बोलाएर आफू भने बैठकमा बस्न गएको छ । खेलाडी हरु ले मैदानमा बिरोध गरिरहेका छ्न । उनिहरुले आयोजकले लिखित सहमति गर्न माग गरेका छन् ।
इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)र सहकारी विचको खेल स्थगित भएको छ भने त्यस पछि हुने खेल वार एशोसियसन र बैकरर्स बिचको खेल पनि स्थगित भएको छ । एक खेलडीले बताए अनुसार आयोजकले आफु खुसी नियम बनाउदाँ खेल प्रभावितभएको बताए । उनले खेलाडीहरु मैदान छिरिसके पछि खेल रोकिनु दुःखद् भएको बताउदैँ केहि कमजोरी भए पोटेस्ट हाल्न सकिने ब्यवस्था हुँदाहदैं आयोजकले खेल रोकेको मा आपत्ति जनाए । आयोजक जुमा स्पोर्टस् क्लबका अध्यक्ष भिम बहादुर रानाभाटले प्रविधिक काराणले विहानको खेल स्थगित गर्नु परेको बताए । स्रोतका अनुसार पान का विषयमा आयोजक र सहभागी टिम विच विवाद भएको हो । प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ प्रतियोगिता। चैत्र २ गते सम्म संचालन हुनेछ ।
प्रतियोगिताको बिजेता टीमले १ लाख १ हजार ५ सय रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गरेक थिए ।