नेपालगन्ज रंगशालामा विबादका बिच जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल शुरु भएको छ । आयोजकले प्रहरीनै बोलाएर बिरोधि खेलाडीहरु लाइ मैदान बाहिर पठाएर खेल शुरु गरेको छ। त्यसका लाई जिप्रका बाट इन्स्पेक्टर सुरज खत्रीको कमाण्ड टोलि खटिएको थियो।उनिहरुले अब केहिबेरमा बिरोधि टिमले पत्रकार सम्मेलन गरेर आफुहरुले प्रतियोगिता बहिस्कार गर्ने घोषणा गर्ने जनाएका छन्
।
एक खेलडीले बताए अनुसार आयोजकले आफु खुसी नियम बनाउदाँ खेल प्रभावितभएको बताए । आयोजक जुमा स्पोर्टस् क्लबका अध्यक्ष भिम बहादुर रानाभाटले बिमा गरिएको खेलाडी हरुलाई मात्र सहभागी गराउने गरि खेल सुरुवात गरिएको बताउनु भयो । प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ प्रतियोगिता। चैत्र २ गते सम्म संचालन हुनेछ ।
प्रतियोगिताको बिजेता टीमले १ लाख १ हजार ५ सय रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गरेक थिए ।