नेपालगन्ज । हातहतियारसहित राप्ती सोनारी ५ जबरपुरबाट वैध निकट माओवादी क्रान्तिकारि पार्टीका एक केन्द्रिय नेता पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा प्रहरीले आज बिहान ९ बजेतिर छापा मार्दा अत्याधुनिक हतियार सहित सोही गाउँ निवासी ६८ बर्षका ॠषिराम थारु पक्राउ परेका हुन । प्रहरीले उनको घरबाट भरुवा बन्दुक २ थान, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बारबोर बन्दुक, र उनको भाइ लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद १ किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगण जेगिराउन्ड १ वटा, ३ थान जरायोको सिंह,बदेलको दात १० वटा, चितलको दात ४ वटा, दुम्सिको प्वाँख फेला पारेको हो । पक्राउ परेका थारु २०७४ सालको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट लडेका थिए ।
गाउँपालिका अध्यक्ष र बांके १ नम्बर निर्वाचन क्षेत्र क बाट प्रदेश संसदको उम्मेदवार थिए । धामपुरमा कार्यरत प्रहरी जवान टेकेन्द्र सिंहका अनुसार अझै फरार लालबहादुर र ओम प्रकाशको खोजि कार्य जारी छ ।