मान्छे मार्ने नरभक्षी बाघको पहिचान भएन - Dastabej

मान्छे मार्ने नरभक्षी बाघको पहिचान भएन

यो वर्ष ८ को ज्यान गयो, १ घाईते


  • दस्तावेज

  • बर्दिया । बर्दिया निकुन्जको खार्ता साजैवीक मार्ग क्षेत्रमा सर्वसाधारण ज्यान लिने नरभक्षी बाघको पहिचान हुननसक्दा त्रास कायमै छ । उक्त क्षेत्रमा नरभक्षी बाघको आक्रमणबाट ५ जनाको ज्यान गएको छ । त्यस्तै पुर्बपश्चिम राजमार्गमा बाघको आक्रमणले ३ जनाको ज्यान गएको हो । खाता जैविक मार्गमा सबैभन्दा बढी बाघले आक्रमण गरी सर्वसाधारणहरुको ज्यान लिइरहँदा नरभक्षी बाघको भने पहिचान हुन सकेको छैन । जसका कारण उक्त क्षेत्रमा आक्रमण बढेको हो । बर्दिया राष्ट्रिय निकुन्ज प्रशासनले ‘क्यामरा ट्¥यापीङ’ मार्फत नरभक्षी बाघको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ । ‘खाता जैविक माार्ग क्षेत्रमा बाघको आक्रमण बढेपछि क्यामेरा ट्¥यापीङ मार्फत नरभक्षी बाघको पहिचान गर्ने प्रयास गरिरहेका छौ“ । तर प्राविधिक कारण सफल हुनसकिरहेका छैनौ,’ बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ भन्छन्,‘त्यस क्षेत्रमा ४ वटा बाघ फ्रिक्वन्टली आउजाउ गरिरहेको देखिन्छ । तर यही नै बाघ हो भनेर पहिचान हुनसकिरहेको छैन ।’ उनका अनुसार क्यामेरा ट्¥यापीङले त्यस क्षेत्रमा आउजाउ गरिरहेकोे बाघ नयाँ जस्तो देखिएका छन् । खाता जैविक मार्गले भारतको कतर्निया बन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुन्जलाई जोडेको छ ।
    नरभक्षी बाघको पहिचानका लागि तीन÷चार दिनसम्म क्यामेरा ट्¥यापीङमा परेको फोटोलाई आधार मानिन्छ । मान्छेलाई आक्रमण गरेको स्थानमा कुन बाघ कतिपल्ट आयो भनेर बिश्लेषण गरिन्छ । आक्रमण स्थलमा पटकपटक एउटै बाघ आउजाउ गरिरहेको देखिएपछि नरभक्षी भएको पुष्टि गर्ने निकुन्जले जनाएको छ । ‘खाता क्षेत्रमा भएका ५ वटै घटनामा क्यामेराको सहाराले नरभक्षी बाघको पहिचान गर्ने प्रयास गरेका छौँ । तर पहिचान हुन समस्या भइरहेको छ,’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठ भन्छन्,‘त्यस क्षेत्रमा ४ वटा बाघ देखिरहेका छन् । चार मध्ये कुन हो ? पहिचान भइरहेको छैन ।’ उनले खाता क्षेत्रमा देखिएका चार वटै बाघलाई नियन्त्रणमा लिन नसकिने जनाए ।
    राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख डा. रविन कडरिया दसैं ताका बाघले लगातर तीन जनाको ज्यान लिंदा क्यामेरा राख्न ढिलाई हुँदा बाघको पहिचान हुननसकेको बताए । उनले गाउँबस्तीमै पसेर बाघले आक्रमण नगरेको जनाए । ‘सबै घटना वन क्षेत्रमा भएका छन् । त्यस क्षेत्रमा क्यामेरामा देखिएका चार वटै बाघ राम्रै देखिन्छन् । बुढो वा घाईते देखिएनन्,’ उनले भने,‘आक्रमण बढी हुन थालेपछि एउटा बाघलाई नियन्णमा लिने कि भन्ने छलफल भइरहेको छ । तर चार वटैलाई नियन्त्रणमा लिन सकिदैन ।’ उनका अनुसार पटकपटक मान्छेलाई एउटै बाघले आक्रमण गर्न थालेमा मात्रै नरभक्षी भन्न मिल्छ । भारतसंग सीमा जोडिएकाले पनि बाघ नियन्त्रणमा समस्या भएको हो । भारतीय अधिकारीहरुले सीमाभन्दा एक सय मिटर दुरीमा क्यामेरा जडान नगर्न निकुन्ज प्रशासनलाई बताएका छन् । सन् २०१८ मा बर्दिया निकुञ्जमा ८७ वटा वयस्क बाघ थिए । पछिल्लो समय १ सय २५ नाघेको अनुमान निकुन्जको छ ।

  • १ चैत्र २०७७, आईतवार ११:३५ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न