तस्बिर ः ईकान्तिपुर
काठमाडौं— प्रदेश २ सिराहा जिल्लाको सदरमुकाम लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विष्फोटमा परी ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ । सेवाग्रही र कर्मचारीहरु कार्यालयमा काम गरिरहेको अवस्थामा आइतबार दिउँसो पौने १ वजे मालपोत कार्यालय परिसरमा कुकर बम विष्फोट गराइएको हो । आईतबार बिहान जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूहका) नेता रामविलाश यादव जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पणष्प गरेकै दिन मालपोतमा कुकुर बम विष्फोट गराइएको हो । उक्त समूहकै कार्यकर्ताले विष्फोट गराएको हुनसक्ने भन्दै अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।