कोरियामा बसेका नेपालीहरुद्वारा क्यान्सर पीडितलाई सहयोग - Dastabej

कोरियामा बसेका नेपालीहरुद्वारा क्यान्सर पीडितलाई सहयोग

पीडितलाई आईतबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी र वडा सदस्य दिनेशराज पन्तको रोहवरमा नेपालगञ्जमा उक्त रमक हस्तान्तरण गरिएको छ ।


  • शम्भु प्रसाद थारू

  • कोरियामा बसेका नेपालीहरुले सुर्खेत चौकुने गाउँपालिका ७ का ५३ बार्षिय क्यान्सर पीडित धर्मराज धमलाको परिवारलाई ५३ हजार ४ सय ५४ रुपैया सहयोग गरिएकोछ । नेपालगञ्ज मेडिकल क्लेजमा केही दिन देखि उपचार गराई रहेका पीडितलाई आईतबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी र वडा सदस्य दिनेशराज पन्तको रोहवरमा नेपालगञ्जमा उक्त रमक हस्तान्तरण गरिएको छ । कोरियामा बसेका चक्र प्रसाद धमलाको पहलमा उक्त रकम संकलन गरिएको हो । दिपक गौतम गुल्मी, शिव शर्मा अर्घाखाँची, महेश नेपाली धनगढी, भरत पौडेल स्याङजा, युवराज शर्मा दैलेख, सुरेन्द्र पाण्डे बझाङ, अजय पौडेल दाङ, शिव बस्नेत लमजुङ, किशोर राना गुल्मी, महेन्द्र देवकोटा कैलाली, इन्द्रजित गुभाजु रामेछाप, टीकाराम भट्टाराई दैलेख, सुमन कडेल सुर्खेत, धर्मराज देवकोटा सुर्खेत, बिश्वास सिलवाल पाल्पा, टेक बहादुर बटाला जाजरकोट, दीपेन्द्र जोशी सुर्खेत, चक्र प्रसाद धमला सुर्खेत, तुलसा गुरुङ सुर्खेत, बिष्णु भण्डारी गुल्मी, नवराज रावत सुर्खेत, राजु थापा पोखरा, दीपक कंडेल दाङ, राज तिमिल्सेना हेटौडा, भोजराज घोडासैनी सुर्खेत, सुशान्त शाही बर्दिया, सुधिर पौडेल स्याङया, गगन रावल सुर्खेत, गणेश सलामी सुर्खेतले रकम सहयोग गरेका हुन् । उपचार गराईरहेका क्यान्सर पीडितको आर्थिक अवस्था निकै कमजोर भए पछि सहयोगको लागि सबैलाई अपिल गरिएको छ । सहयोग गर्ने इच्छुक महानुभावहरुले पीडितका आफन्तको महेन्द्र न्यौपानेलाई ९८६९०९०४२७ मा सम्पर्क गर्न हुन सबैमा अनुरोध गरिएको छ ।

  • १ चैत्र २०७७, आईतवार १६:३३ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार