राप्तीमा घडियाल गोही छोड्ने निर्णय दुई वर्षदेखि रोकियो – Dastabej

राप्तीमा घडियाल गोही छोड्ने निर्णय दुई वर्षदेखि रोकियो

मानवीय बस्ती र वातावरीण प्रदुर्षणका कारण समस्या


  • दस्तावेज

  • क्याप्सन ः बर्दिया राष्ट्रिय निकुन्जको ठाकुरद्धारामा रहेको घडियाल गोही प्रजनन केन्द्र ।
    नेपालगन्ज । बाँके राष्ट्रिय निकुन्जले बिश्वमै दुर्लभ तथा नेपालमा संकटापन अवस्थामा रहेका घडियाल गोही राप्ती नदीमा छोड्ने गरेको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । निकुन्जले राप्ती नदीको सिक्टा क्षेत्रमा घडियाल गोही छोड्ने निर्णय दुई वर्ष अघि गरेको थियो । तर मानवीय बस्ती र वातावरीण प्रदुर्षणका कारण उक्त निर्णय स्थगित भएको हो । निकुन्ज अन्र्तगत पर्ने शीवखोला, सिक्टा र गाभर क्षेत्रको राप्ती नदी उपयुक्त मानिएको थियो । त्यस क्षेत्रमा मानव बस्ती छ । सर्वसाधारणहरुको आउजाउ बढी छ । जसका कारण नदीमा प्लास्टिकजन्य फोहोर हुने गरेको छ । अगैया क्षेत्रमा शव दहन गरिएका कारण काठ, कपडा लगायतका फोहोर नदीमा बढेको हो । नदी र खोलामा माछा मार्न बिष प्रयोग गरिएका कारण घडियाल प्रजातिको गोही संकटमा परेको हो । त्यसको संरक्षणका लागि बाँके निकुन्जले दुई वर्षअघि पहिलो पल्ट राप्ती नदीमा गोही छोड्ने तयारी गरेको थियो । चितवनबाट उक्त प्रजातीको गोही ल्याईन तयारीसमेत भएको थियो । ‘घडियाल गोहीका लागि आवश्यक पर्ने आहारा माछा शीवखोला क्षेत्रको राप्ती नदीमा प्रयाप्त छन् । त्यसैले त्यस क्षेत्रलाई उपयुक्त बासस्थान मानिएको थियोे,’ बा“के राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले भने,‘मानवबस्ती स्थातन्तरण र बातावरीयण प्रतिकुलताका कारण सम्भव हुनसकेको छैन ।’ यो प्रजातीको गोही एक÷दुई प्रतिशतमात्रै बाँच्छ ।
    विश्वकै संकटापन अवस्थमा घडियाल रहेका कारण बाँके निकुन्ज क्षेत्रमा घडियाल छोडने प्रयास गरिएको थियो । राप्ती नदीमा मगर प्रजातीको गोही पाईने गरिएको छ । निकुन्ज भित्र पर्ने नदी र खोलामा ५५ प्रजातीका माछा पाईन्छ । ती मध्ये ५ प्रजातिका माछा दुर्लभको सुचीमा पर्छन । घडियाल गोही सफा पानीमा बस्न मन पराउने र माछा मात्रै आहारा खान्छ । माछा अभावमा उक्त प्रजाती बिश्वकै दुलर्भ मानिएको हो । माछा नपाईने र मानवीय गतिबिधि बढी हुने स्थानमा बस्दैन । तर, मगर गोही फोहार पानीमा बस्न सक्ने र पशुचौपायाको मासुसमेत आहारा गर्ने भएकाले जस्तोसुकै स्थानमा पनि बस्न सक्छ । ‘नदीमा माछा मार्न बिष प्रयोग गरिन्छ । जसका कारण माछा पाईदैन । आहारा नभएपछि घडियाल संकटमा परेको हो,’ प्रमुख संरक्षण अधिकृत शाहले भन्छन्े,‘बाँकेमा पहिलो पल्ट गोही छोडिन थालिएको निर्णय गरिएको थियो । यसले संरक्षण पनि हुने र पर्यटकहरुका लागि आर्कषक हुनसक्ने बिश्वास गरिएको थियो । तर विभिन्न कारणले सम्भव हुनसकेको छैन ।’

    घडियाल गोहीको प्रजनन केन्द्र बर्दियाको ठाकुराद्वारा र चितवनको सौरहामा स्थापना गरिएको छ । यसपछि बा“केमा पनि प्रयास गरिएको थियो । संरक्षणका लागि नै दुई स्थानमा घडियालको प्रजनन केन्द्र स्थापना गरिएको हो । त्यहा“बाट नेपालका विभिन्न नदीमा घोही स्थातन्णगरिदै आएकोछ । पुर्बी कोशी नदीमा गोही छाडिएको थियो । बर्दियाको बबई र कर्णाली नदीमा घडियाल गोही पाईने गरिएको छ । राप्ती नदी पनि घडियालका लागि उपयुक्त मानिन्छ । तर मानवबस्ती र वातावरिणय प्रतिकुलतका कारण सम्भव हुननसकेको हो । स्थानीयले सहयाग र संरक्षणबिदहरुको सहयोगमा राप्तीमा घडियाल गोही छाड्नसक्ने प्रमुख संरक्षण अधिकृत शाहको सुझाव छ । घडियाल गोही छोड्ने भनिएको क्षेत्रमा पशुचौपाया र मानवीय गतिबिधि हुने गरेको छ । यसले संरक्षणमा समस्या थपिएको हो । सिक्टा र गाभर क्षेत्रमा बस्ती बिस्तार भइसकेकाले पनि गोही संरक्षणमा समस्या हुने शंका गरिएको छ । त्यसका लागि स्थानीयहरुसंग सहकार्यको प्रयास गरिए पनि सम्भव हुन नसकेको हो । बाघ संरक्षणका लागि बनाइएको बा“के राष्ट्रिय निकुन्जमा भने घडियाल गोही अटाउन सकेको छैन ।

  • २ चैत्र २०७७, सोमबार १३:१८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर