नेपालगन्ज । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर उपभोक्ता सचेतनाको क्षेत्रमा योगदान दिएको भन्दै नेपालगन्जमा सोमबार तीनजनालाई सम्मान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेले अधिबक्ता वशन्त गौतम, पत्रकार अर्जुन वली र एम्मी मिटमार्टका दिपेन्द्रराज श्रेष्ठलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, वाणज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,घरेलु कार्यालयका प्रमुख मोहन सुवेदी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरी, बाँके चेम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी,उपभोक्ता हित संरक्षण मञ्चका नगर अध्यक्ष सुरेन्द्र कार्की लगायतले उपभोक्ता अधिकारबारे सचेतनामुलक अभियान चलाउनुपर्नेमा जोड दिए ।