नार्कको सफलता, थप पाँच नयाँ प्रजातीका दलहन बाली अविष्कार - Dastabej

नार्कको सफलता, थप पाँच नयाँ प्रजातीका दलहन बाली अविष्कार


  • दस्तावेज

  • नेपालगन्ज । कृषि अनुसन्धान केन्द्र (नार्क) खजुरा अन्र्तगतको कोशेबाली अनुसन्धान कार्यक्रमले पाँच प्रकारका दलहन बाली किसानका लागि सिफारिस गरेको छ । बैज्ञानिकहरुको लामो अनुुसन्धान र परीक्षणपछि उक्त बाली सिफारिस गरिएको हो । बाँके र बर्दियामा दलहन बालीको ब्यवसायिक खेती हुननसकिरहेका कारण कृषि बैज्ञानिकहरुले अनुसन्धान गरी विकासित बालीको उन्मोचन गरेका हुन । पछिल्लो पल्ट कृषि बैज्ञानिकहरुले खजुरा मसुरो ४, श्रद्धा कालो मसुरो, रामपुर मास, खजुरा मास १ र नयाँ प्रजातिको प्रतिज्ञा मुग किसानका लागि सिफारिस गरिएको छ । हालसम्म नार्कले ४५ प्रजातिका दलहन बाली सिफारिस गरिसकेको छ । तर यस क्षेत्रमा भने व्यवसायिकरुपमा खेति हुनसकेको छैन । नार्कले नयाँ प्रजातिका दलहन बालीको मुल बीउ उत्पादन गरी बीउबीजन कम्पनी र सहकारीहरुलाई बिक्री गर्दै आएको छ । तर किसानहरु उक्त बीउ प्रति आर्कषित हुननसक्दा खेतिका लागि आवश्यक पर्ने बीउ उत्पादनमै समस्या देखिएको छ । नार्कले उत्पादन गरेको बीउ बारे किसानहरु जानकारी नपाउ“दा पनि बीउ उत्पादनमा समस्या भएको हो । खुला सीमा कारण नेपाली किसानहरु भारतबाट पनि बीउ ल्याउने गरेका छन् । कोशेबाली कार्यक्रममा संयोजक वरिठ बैज्ञानिक डा. राजेन्दै दराईले भौगोलिक दष्टिकोणले बाँके बर्दिया दलहनका लागि राम्रो सम्भावना भएता पनि मसुरोबाहेक अन्य दलहनबालीको क्षेत्र विस्तार हुन नसकेको बताउँछन् । जसका कारण उत्पादन बृद्धि हुनसकेको छैन । उनका अनुसार कुल कृषि खेती योग्य जमिनको ११ प्रतिशत जग्गामा दलहनको खेती हुँदै आएको छ । ‘दलहन बाली नगदे बाली हो । नेपाली किसानले परापूर्वकाल देखिनै खेति गर्दै आए पनि व्यवसायिक हुनसकेको छैन,’ वरिष्ठ बैज्ञानिक डा. दराईले भने ।
    बर्षे बाली भटमास, मास, मुंग, रहर, सिल्टुङ र हिउ“दमा मसुरो, चना, राजमा, खेसरी, बकुल्ला बालीको खेति हुन्छ । दलहन बाली मध्ये मसुरो क्षेत्र, उत्पादन र उत्पादकत्वको हिसाबले प्रमुख बाली मानिएको छ । नेपाली मसुरोको स्वाद, पौष्टिक महत्व, सुक्ष्म खनिज तत्व (फलाम र जिंक), आकार, छिटो पाक्ने गुणले गर्दा बंगलादेश, जापान, भारतमा लोकप्रिय छ र निर्यात पनि हुने गरेको छ । कोशे बाली रोग बैज्ञानिक डा. लक्षमण आर्यालले रोग, किरा, झारपात, अजैविक कारणले पनि दलहन बालीको उत्पादनमा कमी आएको बताउ“छन् । उनका अनुसार खेती लगाउने समय सुक्खापन, हिउदे वर्षा, खडेरी, शितलहरी, सामाजिक र प्राविधिक कारणले पनि समस्या भएको हो । ‘उन्नत बीउ समयमा पाईदैन । खेती गर्न प्राविधिक ज्ञान अधिकांश किसानसंग छैन,’ उनले भने,‘उत्पादित वस्तुको मूल्य बजार नहुनु र भारतसंगको खुला नाकाको कारणले सजिलै भारतिय दलहनका जात नेपाल भित्रिन्छ ।’ उनले किसानहरुले नेपाली दलहनका जातका बीन प्रयोग नगर्ने र ज्ञान नभएका कारण स्थानिय दलहनका जातलाई उन्नत जातले प्रतिस्पादन गर्न नसकेको बताए ।
    दलहन बालीको ब्यवसाहिक खेती गरी उत्पादन बढाउन सके किसानहरुको आर्थिक सुरक्षामा सुधार हुने गरी नार्कले विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ । पछिल्लो समय दलहनको खेतीको महत्व बारे जानकारी दिन र किसानका समस्या पहिचान गर्न तालिम आयोजना भइरहेका छन् ।

  • ४ चैत्र २०७७, बुधबार १०:१३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ