एजेन्सी । भारतको दिल्लीमा बन्दुकधारी लुटेराहरुको एक समूहले गोली हानी नुवाकोट घर भएकी ४५ वर्षीया मिना तामाङको हत्या गरेको छ । उनलाई भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा हत्या गरिएको हो । लुटेराहरूले लुटपाट गर्न खोज्दा प्रतिकारमा उत्रिएपछि तामाङमाथि गोली प्रहार गरेको थियउो । गोली लागेर घाईते भएकी उनलाई अस्पताल भर्ना गरी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ती महिला करिब पाँच वर्षदेखि त्यस क्षेत्रमा किराना पसल गर्दै आएकी थिईन । बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेरा्रहारको समूहले गोली प्रहार गरी फरार भएका छन् । लुटेराहरुको खोजि कार्य जारी रहेको दिल्ली प्रहरीले जनाएको छ ।