बर्दिया गेरुवा क्षेत्रबाट एक बाघ नियन्त्रणमा, खाताको पहिचान हुन ढिलाई - Dastabej

बर्दिया गेरुवा क्षेत्रबाट एक बाघ नियन्त्रणमा, खाताको पहिचान हुन ढिलाई


  • दस्तावेज

  • नेपालगन्ज । बर्दिया निकुन्जको गेरुवा क्षेत्रबाट एक बाघ नियन्त्रणमा लिइएको छ । मानवीय क्षति कम गर्न उक्त बाघलाई नियन्त्रणमा लिइएको हो । तर सबैभन्दा बढी मान्छे मार्ने स्थान खाता जैविक मार्गमा भइरहेको आक्रमणमा भने सफलता प्राप्त भइसकेको छैन । बर्दिया निकुन्जका प्रमुख संरक्षण अधिकृत गेरुवा क्षेत्रमा आक्रमण गर्ने टारगेट गरिएको बाघलाई नियन्त्रणमा लिएको जनाए । तर खाता जैविक मार्ग क्षेत्रमा आक्रमण गर्ने बाघको पहिचान हुननसकेको उनले बताए । त्यो क्षेत्रमा पनि प्रविधिकहरु खटिएका छन् । बिश्लेषण भइरहेको छ, उनले भने । नरभक्षी बाघको पहिचान हुननसक्दा बर्दिया राष्ट्रिय निकुन्जको खाता जैवीक मार्ग क्षेत्रमा बाघको आक्रमणले सर्वसाधारणहरुको ज्यान जाने क्रम जारी छ । उक्त जैविक मार्ग क्षेत्रमा यो वर्षमात्रै बाघको आक्रमणबाट ५ जनाको ज्यान गएको छ । त्यस्तै पुर्बपश्चिम राजमार्गमा बाघको आक्रमणले ३ जनाको ज्यान गएको हो । साउन यता बाघको आक्रमणमा परी ९ जनाकाृ ज्यान गइसकेको छ । बर्दिया राष्ट्रिय निकुन्ज प्रशासनले ‘क्यामरा ट्¥यापीङ’ मार्फत नरभक्षी बाघको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ । खाता क्षेत्रमा ४ वटा बाघ फ्रिक्वन्टली आउजाउ गरिरहेको देखिन्छ । तर यही नै बाघ हो भनेर पहिचान हुनसकिरहेको छैन । नरभक्षी बाघको पहिचानका लागि तीन÷चार दिनसम्म क्यामेरा ट्र्यापीङमा परेको फोटोलाई आधार मानिन्छ । मान्छेलाई आक्रमण गरेको स्थानमा कुन बाघ कतिपल्ट आयो भनेर बिश्लेषण गरिन्छ । आक्रमण स्थलमा पटकपटक एउटै बाघ आउजाउ गरिरहेको सन् २०१८ मा बर्दिया निकुञ्जमा ८७ वटा वयस्क बाघ थिए । पछिल्लो समय १ सय २५ नाघेको अनुमान निकुन्जको छ ।

  • ४ चैत्र २०७७, बुधबार १७:५७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा