खाता जैविक मार्गको सडक ब्रेकर हटाइयो, दुई बाघ नियन्त्रणमा, के बर्दियामा बाघ आतंक रोकिएला ? - Dastabej

खाता जैविक मार्गको सडक ब्रेकर हटाइयो, दुई बाघ नियन्त्रणमा, के बर्दियामा बाघ आतंक रोकिएला ?


  • दस्तावेज

  • नेपालगन्ज— बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गमा नरभक्षी बाघले आतंक मच्चाएपछि उक्त मार्गको हुलाकी सडकको ज्यानमारा बे्रकर हटाइएको छ । बन्यजन्तु ओहोरदोहोर गर्ने भएकाले खातादेखि कोठियाघाटसम्म रहेका दर्जन बे्रकर डोजर लगाएर हटाइएको हो । मधुवन नगर प्रमुख गणेश बहादुर क्षेत्रीको नेतृत्वमा खाता क्षेत्रको मापदण्ड विपरितको ज्यानमारा ब्रेकर हटाउने कार्य गरिएको छ । बे्रकरका कारण मोटरसाईकल र साईकल लगायतमा सवार सर्वसाधारणहरुको ज्यान बन्यजन्तुका कारण जोखिममा परेको भन्दै ब्रेकर हटाइएको नगरप्रमुख क्षेत्रीले बताए ।

    बर्दियामा ८ महिनामा बाघको आक्रमणमा परी ९ जनाको ज्यान गएको छ । यसैगरी जिल्ला वन कार्यालय अन्तर्गत खाता जैविक मार्गमा बिहीबार दिउँसो भाले पाटे बाघ नियन्त्रणमा लिइएको छ । त्यसको अघिल्लो दिन गेरुवा क्षेत्रबाट एक बाघ नियन्त्रणमा लिइएको थियो । दुई दिनको अन्तरालमा दुई वटा बाघ निकुञ्जले नियन्त्रणमा लिएपछि बाघको आतंक नियन्त्रण हुने विश्वास गरिएको छ ।

  • ६ चैत्र २०७७, शुक्रबार ११:४८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ