हक्की सिडीओ – Dastabej

हक्की सिडीओ

भन्छन्, मेरो काम गराई फरक छ । जनताको कामका लागि सधै यसैगरी काम गरिरहन मन लाग्छ ।


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ अचेल दैनिकजसो खजुरा गाउँपालिकाको खाडसारी क्षेत्रको गहुँबारी कुदिरहेका देखिन्छ । कारण ठूलै छ । उनले आफ्नै सक्रियतामा खाडसारी मिलको नाममा रहेको १.२ अर्ब बराबरको १८० बिगाह जग्गा नेपाल सरकारको नाममा यथाशीघ्र ल्याउने पहल थालेका छन् । उक्त जग्गा बिक्री हुनसक्ने भन्दै रोक्का राखिएको छ । जग्गामा गाउँ बस्ती छ । खेतमा गहुँ लगायतका बाली लगाइएको जग्गा सरकारीकरण गर्न उनी अवलोकन गर्न दिनैपिच्छे कुदिरहेका छन् । खाडसारी मिल्स प्रालिको नाममा उक्त जग्गा छ । उद्योग र खेती बन्द भएसँगै १७ वटा कित्ताको १ सय ८० बिघा जमिन बेवारिसेजस्तै बनेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले २०७५ असार २२ गते भूमि सुधार तथा मालपोत कार्यालय बाँकेसँग स्थलगत प्रतिवेदन माग गरेपछि उनको आग्रसरता बढेको हो ।

    नेपालगन्ज गुलरिया सडक खण्डसंगै जोडिएको मानपुरस्थित दुई ताले घरका कारण दुर्घटना भइरहन्थ्यो । केही दिनअघि मात्रै उनकै पहलमा उक्त घर भत्काईएको छ । सरकारले क्षतिपुर्ति निर्णय गर्दै सौहर्दपूर्णरुपमा घर भत्काइएको हो । घर भत्किएपछि सडक बिस्तार गरिने पहल थालिएको छ ।

    यसअघि सिडीओ कुरुम्बाङ कै सक्रियतामा रहेको कोहलपुरको करोडौं मुल्य पर्ने ४६ बिघा ९ कटृठा १ धुर जग्गा ब्यक्तिका नाममा दर्ता भएको पत्ता लगाई रोक्का गरिएको थियो । उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । यि घटना उदहरण हुन । बाँकेका सिडीओको काम गराई निकै फरक छ । उनी आफ्नै तरिकाले काम गर्न रुचाउँछन् । कामविना बस्नै सक्दैनन्जस्तो । भन्छन्, मेरो काम गराई फरक छ । जनताको कामका लागि सधै यसैगरी काम गरिरहन मन लाग्छ ।
    उनी बाँके सरुवा भएर आउँने समय कोरोनाको महामारीको आक्रन्त थियो । अस्तव्यस्त थियो । लकलडाउनको ब्यापक उल्लंघ थियो । उनी आएको दुई दिनमै करफ्युजस्तै लकडाउन गरे । सेना परिचालन गरे । आइसोलेसन थिएन । आइसोलेसनका लागि विभिन्न स्थानमा व्यवस्थापन गरे । भेरी अस्पतालमा ७० बेडको आइसोलेसन बनाए, अक्सिनसहितको । प्रदेश सरकारले तयसका लागि बजेट नदिएपछि ८ वटै स्स्थानीय सरकारलाई गुहारेर १ करोड रकम जोहो गरे । उनी आफै कोरोना संक्रमितहरुलाई भेट्न पुग्थे । आफै संक्रमित बने ।कोरोनाका हटस्र्पोट बनेको नरैनाापुरमा बिजुली नभएका कारण आइसोलेसन राख्न सम्भव थिएन । रातारातको प्रयासमा उक्त क्षेत्रमा बिजुली पुगेको छ ।

    सिडीओ कुरुम्वाङ कार्यालय बिदापछि विकासका कामको अनुगमन गर्न पुग्छन् । बर्षौदेखि नौबास्तामा रोकिएको कारागारको काम तिब्रताका साथ अगाडि बढेको छ । पहिलो चरणको काम अन्तिम छ । सिक्टा सिंचाई आयोजनाको अनुगमन गरिएपछि सुधार आएको छ । मालपोत, यातायात, भूमि सुधार कार्यालयको अनुगमन गरी टोक्कन प्रणाली सुरु गरिएको छ । सरकारी कार्यालयलाई व्यवस्थित गर्न हरसम्भव प्रयास गरिरहेका छन् । उनले आफ्नै कार्यालयमा सेवाग्राहीका लागि एसी जडान गरेका छन् । भन्छन्,जनताको सेवा गर्नु हाम्रो धर्म हो । त्यसैले मेरो काम गर्ने तरिका फरक हुन्छ । सीमाबाट हुने तस्कारीलाई नियन्त्रणका लागि रातदिन प्रयासमै लागेको उनले जनाए । पछिल्लो पोष्टमा उनले लेखेका छन्, बाँके जिल्लाको सबारी साधनहरुको नियमन गर्ने निकाय जिल्ला ट्राफिक कार्यालयसङ्ग एउटा पनि सबारी साधन नहुनु दुखद थियो । मेरो बिशेष अनुरोधमा राप्तिसोनारी गाउँ पालिकाले यो गाडि खरिद गरि ट्राफिकलाई हस्तान्तरण गरेको छ । हार्दिक नमन अध्यक्ष ज्यु।

  • ६ चैत्र २०७७, शुक्रबार १३:३० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा