लगातार कोहलपुर प्रहरीको सफलता : गैडाको खाक सहित दुई जना पक्राउ – Dastabej

लगातार कोहलपुर प्रहरीको सफलता : गैडाको खाक सहित दुई जना पक्राउ


  • सुनिल रेग्मी

  • ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको छोटो समयमै बिभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै गएका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्।

    कहिले बन्दुकसहित शिकारी होस् या त् हत्यारा नै होस् प्रहरी नायब उपरीक्षक खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउदै आउने क्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरले गैंडाको त्रिभुज आकारको बहुमूल्य खागसहित आज दुईजनालाई पक्राउ गरेको छ।

    बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र खनालको कमाण्डमा गएको टोलीले दिउँसो डेढ बजे गैंडाको खागसहित दुई जनालाई पक्राउ गर्न सफल भएको हो। खागसहित पक्राउ पर्नेमा नवलपरासी बुलिङ्टार गाउँपालिका वडा नम्बर २ का ३५ बर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका वडा नम्बर ५ का ३४ बर्षीय सुरेश सिंजाली रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन्।

    बिगत लामो समयदेखि कोहलपुर आसपासमा बसेर बन्यजन्तु चोरी तस्करीमा संग्लन रहेको बिशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक खनालको टोलीले पछ्याउने क्रममा निज दुई जना हिडिरहेको अवस्थामा कोहलपुर ११ बाट चेकजाँच गर्ने क्रममा त्रिभुज आकारको बहुमूल्य खाग बरामद भएको हो।

    चेकजाँचका क्रममा खनालको टोलीले कृष्ण पुलामी मगरको साथबाट त्रिभुज आकारको गैडाको २ थान गैंडाको खाग बरामद भएको थियो। पक्राउ परेका मगर र सिंजालीले पक्राउ परिहाले भने पनि प्रहरीलाई झुक्याउने उदेश्यका खागमा सुनको जलप टाँसेर हिडेको खनालले बताए। उनीहरु दुवैजनाले उक्त सुन जडित खागलाई १ करोडमा बेच्ने योजना रहेको बताएको प्रहरी नायब उपरीक्षक खनालले बताए।

    बरामद गरिएको २ थान खागलाई आबश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँके बुझाइने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहिबार साँझ मात्रै रेड पाण्डाको १ थान छाला, कालो भालुको २ थान पित्त र कस्तुरीको विणासहित तीन जनालाई पक्राउ गरेको थियो।

  • ६ चैत्र २०७७, शुक्रबार १६:५५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर