बाघको आक्रमण बढ्यो तर बिज्ञ भन्छन्— बर्दियाबाँके निकुन्ज क्षेत्रमा अझै अट्नसक्छ ५० पाटे बाघ – Dastabej

बाघको आक्रमण बढ्यो तर बिज्ञ भन्छन्— बर्दियाबाँके निकुन्ज क्षेत्रमा अझै अट्नसक्छ ५० पाटे बाघ


  • दस्तावेज

  • नेपालगन्ज । पाटे बाघले आक्रमण गरी सर्वसाधारणहरुको ज्यान लिइरहँदा बिज्ञहरुले बर्दिया र बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा अझै पनि करिव ५० पाटे बाघ अट्न सक्ने तर्क अगाडि सारेका छन् । भारतीय निकुन्जसंग मिल्दोजुल्दो बातावरण, अहारा प्रजातीको बन्यजन्तुको संख्यालाई तुलना गर्दै अझै पनि पाटे बाघ अट्ने बताएका हुन । हाल बर्दिया निकुन्जमा ८७ र बाँके निकुन्जमा २१ गरी १ सय ८ वटा पाटे बाघको संख्या छ । बर्दिया निकुन्जको क्षेत्रफल ९ सय ६८ र बाँके राष्ट्रिय निकुन्ज ५ सय ५० वर्ग किमि क्षेत्रफल छ । भारतीय निकुन्जलाई आधार मान्ने हो भने दुई निकुन्जको झण्डै १६ सय वर्ग स्क्वायर किमिमा १ सय ७५ पाटे बाघ अट्नसक्ने बाघ बिशेज्ञा डा. नरेश सुवेदी बताउँछन् ।
    बाघको अहाराको दृष्टिकोणले पनि बर्दिया निकुन्ज निकै धनि छ । सन् २०१८ मा अनुसन्धानले ७८ प्रजातीका बाघका अहारा प्रति किमिमा पाईन्छ । जुन नेपालमा सबैभन्दा बढी घनत्व हो । जरायो, बाँदेर, बँडेल, लगुना चित्तल अहारा प्रजातिका बन्यजन्तु हुन । बाघले ६० प्रतिशत अहारा चित्तलबाट पाउँछ । निकुन्जको क्षेत्रफल र बाघको संख्यालाई बिशलेषण गर्ने हो भने ५ वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वयर किमि टेरीटोरी पर्छ । चितवन राष्ट्रियको क्षेत्रफल र संख्याको अनुपातमा चार वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वायर क्षेत्रफल पर्ने बिज्ञहरुको भनाई छ । भारतको कार्बेट राष्ट्रिय निकुन्ज र बर्दियाको निकुन्जको फिचर, हावा पानी लगायतका जैविक बिबिधता सबै मिल्छ । त्यहा“ १४ वटा बाघ प्रति सय वर्ग किलो मिटर स्क्वायर क्षेत्रफल पर्छ । भारतकै नागरहोल राष्ट्रिय निकुन्जमा ११ वटा बाघ प्रतिसय किलो मिटर स्क्वायर छ । भारतकै कान्हा राष्ट्रिय निकुन्जमा ६ वटा र रणथम्भौर राष्ट्रिय निकुन्जमा ७ वटा बाघको प्रतिसय किलो मिटर स्क्वायर टेरीटोरी पर्छ । ‘भारतको निकुन्जको नजिरलाई मान्ने हो भने बाँके र बर्दिया निकुन्ज कम्पलेक्समा १ सय ७५ पाटे बाघ सहजै बस्न सक्छ् । यो प्रति सय किमि स्क्वायरमा ७ देखि ८ वटा बाघ बस्न सक्छ । जुन माध्यम खालको हो । त्यसैले बाघ अझै बढे केही फरक पर्दैन,’ बिज्ञ डा. सुवेदीको मत छ । पाटे बाघको संख्या बढेसंगै सर्वसाधारणहरुमाथि आक्रमणका घटना पनि बढेको सर्वसाधारणहरुको गुनासो छ । ८ महिनायता बाघको आक्रमणमा परी ९ जनाले ज्यान गुमाएका छन् । चार गम्भीर घाईते भए । निकुन्जका बाघ एकाएक यसरी किन आक्रमण बने त ? निकुन्जभित्र बाघ नअटेर सामुदायिक वन र गाउँमा पस्न थालेको हो त ? ‘पछिल्लो समय बाघले आक्रमण गरेको घटना बढि सुनिन थालेको छ । तर भुरीगाउँको घटनाबाहेक सबै आक्रमण बाघसंग एक्कासी जम्काभेट भएपछि भएका हुन,’ बाघ बिशेज्ञा डा.सुवेदी भन्छन्,‘अहारा नपुगेर आक्रमक भएको होईन । संख्या बढेर निकुन्जबाट बाहिर गएको पनि होईन ।’ बाघले प्रमुख तीन आवस्थामा आक्रमण गर्ने अनुसन्धानकर्मी बताउँछन् । बाघ बसेको स्थानमा प्रबेश गरेमा, बाघ आफ्ना बच्चासहित बसेको छ भने बच्चा लिन आयो भनेर र शिकार गरेर खाईरहेका बेला बढि आक्रमक हुन्छ । त्यस्तै एक पटक मानिसको रगत खायो भने नरभक्षि हुन्छ । त्यसबाहेक अपबादका रुपमामात्रै आक्रमण गर्छ ।

  • ७ चैत्र २०७७, शनिबार १०:०७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ