महासंघमा सर्वसहमत नेतृत्व छनोट गर्न युनियनले थाल्यो पहल – Dastabej

महासंघमा सर्वसहमत नेतृत्व छनोट गर्न युनियनले थाल्यो पहल


  • दस्तावेज

  • नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सर्वसहमत नेतृत्व छनोटका लागि प्रेस युनियन बाँकेले पहल थालेको छ । यसका लागि युनियनले जिल्लामा क्रियाशिल सबै आस्थागत पत्रकारका संघ, संगठनलाई सम्मानजनक रुपले समेट्ने जनाएको छ । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा शनिबार नेपालगन्जस्थित युनियन कार्यालयमा भएको छलफल सकारात्मक भएको हो । महासंघको आसन्न निर्वाचनको सन्दर्भमा विभिन्न आस्थागत संगठनहरु बीच सर्बसहमतिका लागि सकारात्मक छलफल भएको हो । महासंघमा सर्वसहमत छनोट गर्न बाँकेमा कृयाशिल सबै संगठनहरु बीच आगामी दिनमा अझ निरन्तर छलफल र सम्बाद गर्ने निर्णय भएको बैठकपछि युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिए ।
    उक्त बैठकमा उपस्थित पत्रकारका आस्थागत संघ, संगठनका अध्यक्ष तथा प्रतिनिधी लगायतलाई स्वागत गर्दै युनियन बाँकेका अध्यक्ष ओलीले महासंघमा सर्बसहमत रुपमा अध्यक्षसहित कार्यसमिति, पदाधिकारी छनोट गरेर अन्य जिल्लालाई पनि नयाँ सन्देश दिनुपर्ने बताए । ‘पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउनका लागि सबै आस्थागत संगठनलाई समेटेर सर्बसहमतको वातावरण बनाउन युनियन बाँके अग्रसर छ,’ उनले भने ‘यसका लागि केन्द्रिय स्तरमा एक खालको छलफल चलिरहेको पनि छ, जिल्लामा पनि सर्वसहमत रुपमा सक्षम नेतृत्व ल्याउनका लागि हामीहरुबीच छलफल हुन आवश्यक छ ।’ कुनैपनि संगठनलाई महासंघभन्दा बाहिर राख्ने पक्षमा युनियन नरहेको अध्यक्ष ओलीले बताए ।
    प्रेस चौतारीका केन्द्रिय सदस्य एवम् पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव भेषराज बस्नेतले राजनीतिक आस्था र ब्यक्तिगत टकरावका कारण निर्वाचनमा जाने र पछि पछुताउने अवस्था आउन नदिनका लागि सर्वसहमती नै उत्तम विकल्प भएको बताए । ‘केन्द्र र प्रदेशमा एक खालको चुनावी तालमेल होला, तर जिल्लामा सबै संठगन मिलेर पनि सर्वसहमत रुपमा चयन गर्न सकिन्छ,’ उनले भने ‘मेरो संगठन र मेरो ब्यक्तिगत तर्फबाट पहल गर्न तयार छु, यो बसाईलाई अझ बिस्तार गरौं, सम्भव छ ।’
    प्रेस युनियनका नेता एवम् पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाईले महासंघ बाँकेमा सर्वसम्मत नेतृत्व चयनका लागि युनियनले गरेको प्रयास सह्रानिय भएको बताए । ‘सर्वसहमतीको वातावरण एकदमै सुखद र सार्थक हुन्छ जस्तो मलाई लाग्छ, यो बसाईले थप सहज वातावरण बनाउने विश्वास गरेको छुु,’ उनले भने ।
    प्रेस सेन्टरका केन्द्रिय सदस्य एवम् पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले महासंघलाई साझा चरित्रको संस्था बनाउनका लागि सर्वसहमत नेतृत्व चयन नै उत्तम विकल्प हुन सक्ने धारणा राखे । सर्वसहमत नेतृत्व चयनका लागि सबै गम्भिर हुनुपर्ने उनको भनाई छ । तर, यसका लागि विधी तय गर्नुपर्ने वाग्लेले जोड दिए । युनियनले थालेको पहल एकदमै सकारात्मक भएको बताए ।
    प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकले सर्बसहमतीको वातावरण बनाउन युनियनले थालेको प्रयास सकारात्मक भएको बताए । आफ्नो संगठनले केन्द्रीय निर्णय अनुसार अघि बढ्ने भन्दै उनले सहमती प्रयास पनि जारी राख्ने बताए । उक्त छलफलमा युनियनले जिल्लामा क्रियाशिल रहेका पत्रकारका सबै आस्थागत संगठनलाई आमन्त्रण गरेको थियो ।
    त्यसअघि शनिबार दिउँसो नै बसेको प्रेस युनियन बाँकेको कार्यसमिति बैठकले पत्रकार महासंघको आसन्न निर्वाचनमा युनियनको अगुवाईमा सर्बसहमत रुपमा नेतृत्व छनोट गर्न पत्रकारका सबै आस्थागत संघ, संगठनसँग छलफल अगाडी बढाउने, महासंघको निर्वाचनका विषयमा छलफल गर्न युनियनको छिट्टै बृहत भेला आयोजना गर्ने निर्णय गरेको थियो ।

  • ८ चैत्र २०७७, आईतवार ०७:०३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर