नेपालगन्ज । पुर्बपश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमार्गबाहेक बर्दियाका सबै सडक कच्ची थिए । केही सडकमा ग्रायभल गरिए । सदरमुकाम गुलरियाका सडक पनि कालोपत्रे भएन । सडकलगायतका विकासका काममा जिल्ला सधै पछि पारियो । तर स्थानीय सरकार आएपछि सडक विकासले तिब्रता पाएको छ । जताततै सडक स्तरउन्नती र कालोपत्रको काम धमाधम भइरहेको छ । यही गतिले सडक निमार्ण हुने हो भने पाँच÷सात वर्षमा जिल्लाका सबै ग्रामिण सडकहरु कालोपत्रे भइसक्ने छ । विकट मानिने साबिक मगरागाडी गाविस हाल बारबर्दिया नगरपालिकाको रम्भापुरदेखि सदरमुकाम गुलरियासम्म १५ मिटर फराकिलो सडक निमार्णको काम धमाधम भइरहेको छ । उक्त सडकले बारबर्दियालाई हुलाकी राजमार्ग र पुर्बपश्चिम राजमार्गलाई जोड्ने छ । भौतिक पुर्बाधार मन्त्रालय अन्र्तगत सडक सुधार आयोजनाको १ सय १५ करोड लागतमा उक्त सडक कालोपत्रे हुन थालेको हो । ‘ग्रायभल लगायतकाको काम पूरा भइसक्यो । अब कालोपत्रेको तयारीमा निमार्ण कम्पनी छ,’ बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर चौधरी भन्छन्,‘पाँच वर्षमा सबै सडकको स्तरउन्नती गरी कालोपत्रे गर्ने लक्ष्य राखेका छौँ ।’ उक्त पालिकाले दुधा गाउ“हुदै अर्को सडक, मगरागाढीदेखि सतखोलवा तालसम्मको सडकलाई यही आर्थिक वर्षमा कालोपत्रे गर्ने लक्ष्य राखेको छ । नहरदेखि बैदीसम्म सडक कालोपत्रे भइसकेको छ । त्यस्तै बैदीचोकदेखि जम्बदीघाटसम्मको सडकलाई स्तरउन्नती गरी कालोपत्रे गरिने प्राथमिकतामा परेको छ ।
बाँसगढी नगरपालिकाले पालिकाको सबैभन्दा विकट मानिने चेपाङ गाउ“को सडक कालोपत्रे गरेको छ । लखनादेखि राँझासम्मको सडक निमार्ण तिब्र छ । बाँसगढी गाउँदेखि बढैयाताल आउने बाटोलाई चौडा गरी कालोपत्रे गर्ने लक्ष्य छ । माछागढ कोनैठी हुँदै गुलरिया जाने सडक, माछागढदेखि ठुम्नी सडक, बाँसगढी बजारदेखि बठुवातालसम्को सडकलाई कालोपत्रे गरिने छ । बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले सडक निमार्णको कामलाई प्राथमिकतामा पारेको जनाए । उनले सडक स्तरउन्नती गर्दै कालोपत्रे गर्दै लैजाने बताए । ‘सुरुमा प्रमुख सडकलाई प्राथमिकतामा पारेका छौ“ । त्यसपछि ग्रामिण सडक पनि कालोपत्रे हुन्छ,’ उनले भने,‘नगरपालिकालाई सबै गाउ“लाई सडक सन्जालसंग जोड्ने छौँ ।’ यसअघि बाँसगढीदेखि मोतिपुर, मैनापोखर हुँदै हुलाकी राजमार्गसम्म सडक कालोपत्रे भइसकेको छ ।
गुलरिया नगरपालिकाले पनि बजारभित्रका सडक बिस्तारलाई तिब्रता दिएको छ । गाउँ क्षेत्रका सडक पनि स्तरउन्नती भइसकेको छ । कालोपत्रेको तयारी छ । जिल्ला प्रहरीदेखि भारतको मुर्तिहा नाकासम्म जोड्ने सडक ग्रायभल भइसकेको छ । चिसो सकिएलगत्तै कालोपत्रेको काम सुरु हुने छ । हुलाकी राजमार्ग पनि कालोपत्रे भइरहेको छ । बजार क्षेत्रमा सडक चौडा गराइएको छ । गुलरियादेखि राजापुरसम्मको हुलाकी राजमार्ग पक्की भएपछि आउजाउमा सहज पुगेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा सडक बिस्तार गरिएको हो । चालु आर्थिक वर्षमा नौ किलो मिटर सडक कालोपत्रे गरिने छ । त्यससंगै जब्दीघाटदेखि गुलरियासम्मको सडकलाई सडक सुधार आयोजनाले कालोपत्रे गर्दै छ । आन्तरिक सडक पनि कालोपत्रे गर्ने कार्यक्रम रहेको पौडेलले बताए । ‘यो वर्ष हामीले सडकलाई चौडा गर्ने काम गरेका छौँ । पटान पनि भइसकेको छ । कालोपत्रेको काम अब सुरु भइरहेको छ ।
बढैयाताल गाउँपालिकाले २३ किलो मिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । भोलागौडीदेखि बढैयाताल सीमसारसम्मको सडक कालोपत्रेको तयारीमा छ । भोलागौडीदेखि शान्तिपुर सडक, मैनापोखरचोकदेखि रानीपुर जाने सडक, पचासाचोकदेखि भारत सीमा र त्यहाँदेखि उत्तर कपास विकास समिति जाने सडकलाई स्तर उन्नती गरिदै छ । उक्त सडकले महेन्द्र राजमार्ग र हुलाकी राजमार्गलाई जोड्ने छ । बढैयाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले सडक निमार्णको काम यही आर्थिक वर्षभित्र हुने बताए । उनका अनुसार सडक निमार्णको काम निमार्ण कम्पनीलाई दिइसकेको र काम धमाधम भइरहेको छ । ‘पहिलो प्राथमिकता सडक हो । यसले जग्गाको मुल्य बढाउ“छ । आउजाउमा सहज पुग्छ,’ उनले भने,‘त्यसैले सडक निमार्णका लागि सबैभन्दा बढी बजेट बिनियोजन गरेका छौँ ।’ ठाकुरबाबा, राजापुर, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा पनि सडक निमार्ण भइरहेका छन् । ठाकुरबाबाको भुरी गाउँदेखि मधुवनको ढोढरीसम्मको सडकलाई कालोपत्रे गरिदै छ । यसले दुई प्रमुख राजमार्गलाई जोडेको छ । राजापुर नगपालिकाले बजारभित्रको सडकलाई पहिलो प्राथमिकतामा पारेको छ । हुलाकी राजमार्गको सडक कालोपत्रे भइसकेको छ । राजापुरचोकदेखि कमैया फाँटा, नँगापुर र भारतको सीमा जोड्ने सडक पनि प्राथमिकतामा परेको पालिकाले जनाएको छ ।