वडा सचिबमा जमेकी ज्योति - Dastabej

वडा सचिबमा जमेकी ज्योति

सेवाग्राहीहरु उनको कार्यप्रति खुस छन् ।


  • प्रेम एसके

  • नेपालगन्ज । बाँकेका ८ स्थानीय सरकारमा ८१ वडा छन् । ति मध्ये महिला सचिव भने निकै न्युन छन् । ति मध्ये एक हुन ज्योती घर्ती । उनी हाल नरैनापुर गाउँपालिका वडा न. ३ मा सचिबको जिम्मेवारी निर्वाह गरिरहेकी छन् । उनका अगाडि सेवाग्राहीले मजाले आफ्ना कुरा राख्छन् । कानुनले मिल्ने काम सकेसम्म कम समयमै काम गर्छिन् । जसका कारण सेवाग्राहीहरु उनको कार्यप्रति खुस छन् । कृषि, स्वास्थ्य, शिक्षा,खेलकुदजस्ता क्षेत्रहरुलाई प्राथमिकतामा राखिएको उनले जनाईन । उनले हरेक कामका लागि योजना निर्माण गरेर कर्यान्वयनका लागि अहोरात्र खटिएकी छन् । वडामा कार्यरत कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयबीच सामन्जस्यता र समन्वय कायमै रहिआएकोले वडावासीहरुलाई सेवा प्रदान गरिहेको उनले बताईन । वडा सचिबको भूमिकामा ज्योति बौद्धिक र अब्बल महिला को रुपमा सावित भएकी छन् ।
    निजामती सेवा अन्तर्गत लोकसेवा पास गरेर विसं २०७६ मा नरैनापुर गाउँपालिका मा पञ्जिकृत को रुपमा पहिलो पल्ट नियुक्ति पाईन। त्यसपछि उनलाई नरैनापुर गाउँपालिका वड न ३ मा सचिबको जिम्मेवारी दिइयो। जनप्रतिनिधि , अन्य कर्मचारी लगायत वडामा आउनेसँगको बोली व्यवाहारदेखि अन्य आर्थिक व्यवस्थापन गर्न सक्ने दक्ष क्षमता सचिब घर्तीसँग छ । आफूले पाएको जिम्मेवारी कसैको दवावमा नरही वडावासीको हकहित तथा अधिकार र उहाँहरुले पाउनुपर्ने सेवा सुविधा प्रदान गर्न सदैव तत्पर रहने छु, वडा सचिब घर्तीले भनिन् । कोरोना कहरमा उनले वडा सचिबको जिम्मेवारी पाएकी थिईन। घर्ती २०४५ साल पौष ३ गते गेरुवा गाउँपालिका वडा न . ६ बर्दियामा जन्मेकी हुन । २०६३ सालमा बिहे गरीन । बिहे गरेपछि छोरी बुहारीले घरको काममा मात्रै सिमित हुनुपर्छ भन्ने अबधारणा लाई चिर्दै उनले आफ्नो पढाईलाई निरन्तर रुपमा अगाडि बढाउदै लगिन । जस्ले गर्दा शिक्षामा स्नातकोत्तर हासिल गरिसकेकी छन् । परिवारको भरपुर सहयोगले आफुले स्नातकोत्तर हासिल गरेको उनले बताईन । उनकी २ छोरी समेत रहेका छन भने श्रीमान चाहिँ ब्यापार ब्यवसायमा ब्यस्त छन्। छोरीहरु बुवा संगै काठमाडौंमा पढिरहेका छन ।

  • ९ चैत्र २०७७, सोमबार १२:०७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ