बालबिवाह न्युनिकरणका लागि स्वंयमसेबिकालाई अभिमुखिकरण – Dastabej

बालबिवाह न्युनिकरणका लागि स्वंयमसेबिकालाई अभिमुखिकरण


  • दस्तावेज

  • नेपालगन्ज । जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुर, वडा नम्ब खजुराखुर्द र वडा नम्बर ६ गनापुरका गरी ३५ जना महिला स्वास्थ्य स्वंयम सेबिकाहरुलाई बृहत यौनिकता शिक्षा र बाल बिवाह न्युनिकरणका लागि अभिमुखिकरण गरिएको छ । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवलदारपुरको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । महिला स्वास्थ्य स्वंयमसेबिकाहरु प्रत्यक्ष रुपमा गाउँ समाजमा स्वास्थ्य सम्बन्धि काम गर्ने भएकाले उनीहरुलाई अभिमुखिकरण गरिएको हो । सर्बाङ्गीन बिकासका लागि महिला तथा बालबालिका सशक्तिकरण परियोजनाका परियोजना संयोजक पतिराम थारुले बताए । महिला स्वास्थ्य स्वंयमसेबिकाहरुलाई गरिएको अभिमुखिकरण कार्यक्रमबाट समाजमा बालबिवाह न्युनिकरण र यौन तथा प्रजनन् स्वास्थ्य बारे नागरिकहरु जानकार हुने परियोजनाको लक्ष्य छ । कार्यक्रमका प्रशिक्षक जानकी गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेबा मेघराज बरालले महिला स्वंयसेबिकाहरुलाई बालबिवाह बारे कानुनी प्रबधानका बारेमा प्रष्ट परेका थिए । त्यस्तै स्वास्थ्यकर्मी बरालले महिला तथा किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा, किशोर अवस्थामा हुने परिवर्तन, किशोरी पोषण शिक्षा, बाल अधिकार लगायत्का बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा सहजकर्ता मिश्रीलाल यादव र समाजिक परिचालक अशोक यादवले परियोजनाको गतिबिधि र उद्देश्य बारे प्रष्ट पारेका थिए ।

  • ९ चैत्र २०७७, सोमबार १२:४० प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा