वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई स्पष्टीकरणपत्र पठाइयो - Dastabej

वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई स्पष्टीकरणपत्र पठाइयो


  • दस्तावेज

  • काठमाडौँ— पार्टीको बिद्यान विपरित कार्य गरेको भन्दै एमाले केपी शर्मा ओली समूहले वरिष्ठ नेता माधकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसहित चार नेतालाई स्पष्टीकरण सोध्ने गरेको निर्णय कार्यान्वयन गर्दै स्पष्टीकरण पत्र पठाएको छ । शनिबार वालुवाटारमा प्रधानमन्त्री ओली समूहको बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणपत्रमा पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् । वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डेले स्पष्टीकरण बुझेको जनाइएको छ । पार्टी उपाध्यक्ष रावल र उपमहासचिव भुसालले पत्र बुझेका छैनन् । स्पष्टीकरणपत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन उल्लेख गरिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो ।

  • ९ चैत्र २०७७, सोमबार १३:४२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार