३६५ दिनै मेला - Dastabej

३६५ दिनै मेला

युवाले पाए रोजगार


  • दस्तावेज

  • बारबर्दिया,बर्दियां । तपाईको गाउँमा सातामा कति दिन हाट बजार लाग्छ ? बढीमा दुई दिन । बिशेष उत्सव वा महोत्सवका बेला एक सातासम्म मेला हुन्छ । तर बारबर्दिया नगरपालिकामा भने बर्षको ३ सय ६५ दिन नै मेला लाग्ने गरेको छ । आईतबारदेखि शनिबारसम्म एक दिन नबिराएर गाउँगाउँमा मोबाईल मेला लागेपछि सर्वसाधारणहरुलाई किनमेल गर्न सहज भएको छ । ेस्थानीय युवालाई रोजगारी मिलेको छ । उनीहरु मेलामा साना पसल राखेर दुईचार पैसा कमाएका छन् । गाउ“मा मेला लागेपछि स्थानीय उत्पादन बिक्रीमा पनि सहज पुगेको छ । मेलाले नगरपालिकाभित्र आर्थिक गतिबिधि बढाएको छ । नगरपालिका भएपनि यहाँ गाउँ भरिएको छ ।
    आईतबार नगरपालिकाको रम्भापुर, सोमबार बैदी, मंगलबार जबदहवा गाउँ, बुधबार बैदी कतर्निया चोकमा मेला लाग्ने गरेको छ । त्यस्तै बिहिबार विजयनगर, शुक्रबार जोधिपुर र जयनगर तथा शनिबार जमुनिया गाउँमा मेला लाग्ने गरेको छ । मेलामा कपडा, कस्मेटिक, फलाम, तरकारी, खाद्यन्न लगायतका दैनिक उपभोग्य बस्तुहरु खरिदबिक्री हुने गरेको छ । मेला लगाउन आउने व्यवसायीहरुले पसल हेरेर ६० देखि डेढसम्म शुल्क तिर्नु पर्छ । उक्त शुल्क वडा कार्यालयले लिने गरेका हुन । कतिपय वडाले मेलाका लागि ठेक्का समेत दिएका छन् । व्यवसायीहरुका लागि स्थान निश्चित स्थान किटान गरिएका छन् । बाहै्र महिना मेला लगाउँदै आएका व्यवसायी रमेश चौधरीले मेलाकै कारणले धेरै युवाहरु रोजगार पाएको बताउँछन् । किसानले बारीमा उत्पादन गरेको तरकारी बिक्री गर्न पाएका छन् । कतिपय स्थानीयले व्यवसायीहरुको समान ओसारपसार गरेर कमाई गरेका छन् । ‘गाउँमा लाग्ने मेलाले युवालाई रोजगार दिएको छ । गाउ“मा पनि पैसाको गतिबिधि बढाएको छ,’ उनले भने,‘म जस्तो थुप्रै युवाले सानै भए पनि मेलामा गएर व्यवसाय गरेका छन् ।’
    बार बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले मेलाका कारण राजस्व बढेको बताए । उनले मेलामा आउने व्यवसायीहरुबाट सिमित राजस्व लिने गरेको जनाए । ‘मेलाले व्यवसायीलाई मात्रै होईन पालिकालाई पनि सहयोग पुगेको छ । राजस्व उठेपछि विकासको काममा पनि सहयोग पुगिरहेको छ,’ उनले भने,‘ पालिकाको पहिचान मेला बनिसक्यो । बर्षको हरेक दिन मेला हुन्छ ।’ मेलामा आउने व्यवसायीका लागि टहरा बनाइएका छन् । टहरा नबनेका स्थानमा व्यवसायी आफैले टेन्ट बनाएर व्यवसाय गर्छन । गाउ“मा मेला लागेपछि किनमेलका लागि स्थानीयलाई टाढाको बजार धाउन परेको छैन । आवश्यक पर्ने बस्तुहरु मेलामै किन्न पाइन्छ । ‘कपडालत्ता सबै यहि किन्छौ । बारीको सागसब्जी मेलामै गएर बिक्री गर्छु,’ बैदी मेलामा भेटिएकी सरस्वती चौधरीले भनिन्,‘मेलाले गाउँ चहलपहल हुन्छ । एकदुई रुपैया कमाउन अवसर मिलेको छ ।’

  • १० चैत्र २०७७, मंगलवार ०९:४९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ