दाइजो नदिएको भन्दै ८ महिने गर्भवती बुहारीलाई आगो लगाउने ससुरा पक्राउ, सासु र श्रीमान अझै फरार - Dastabej

दाइजो नदिएको भन्दै ८ महिने गर्भवती बुहारीलाई आगो लगाउने ससुरा पक्राउ, सासु र श्रीमान अझै फरार


  • दस्तावेज

  • नेपालगन्ज । दाईजो नदिएको झोकमा बुहारी रिहाना ढपालीलाई आगो लगाउने पक्राउ ब्यक्तिको बिवरण बाँके नरैनापुर गाउँपालिका २ का ७५ वर्षीय हनिफ शेषलाई प्रहरीले पक्राउ गरेको छ । हिरिमिनिया गावि।सवडा नं ८ हाल डुडुवा गाउँपालिका ६ का मो. समिम शेषले उनीबिरुद्ध उजुरी दिएका थिए । २०७० चैत्र २ गते राती साविक लक्ष्मणपुर गाविस ८ हाल नरैनापुर गाउँपालिका २ स्थित दाईजोको निहुँमा शरिरमा मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका शेषलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । मोटरसाईकल नदिएको निहुँमा रिहाना ढपाली सुतिरहेको स्थानमा मट्टितेल छर्कि आगो लगाई घाईते बनाएका थिए । घटनामा संलग्न रिहनाका श्रीमान फरिद शेष ढपाली र सासु सजहाद खाँ हालसम्म फरार छन् ।
    यस्तो थियो घटना
    गृहमन्त्रीज्यू मलाई जलाउनेहरु कहिले पक्राउ पर्छन् ?
    बाँके— दाईजो नल्याएको रीसमा मट्टीतेल छर्केर आगो लगाएर घाईते बनाइएकी २५ वर्षीया रिहाना शेष ढपालीले न्यायका लागि गृहमन्त्री बामदेव गौतमलाई गुहारेकी छन् । घटना भएको ९ महिना बितिसक्दा पनि मट्टीतेल छर्केर आगो लगाई जलाएर मार्ने प्रयास गरेका पति फरिद शेषलाई प्रहरीले पक्राउ गर्ननसकेपछि उनले गृहमन्त्रीलाई गुहारेकी हुन ।
    ‘मलाई जलाएर मार्न खोज्नेहरु कहिले पक्राउ पर्ने हुन ? अपराधीहरुलाई पक्राउ गरी मलाई न्याय दिनुस,’ समान्य लेखपढमात्र गर्न सक्ने रिहनाले कागजको टुक्रामा लेखेर घरमै भेट्न पुगेका मानवअधिकारीकर्मीलाई दिंदै भनिन्,‘मेरो यो आग्रहलाई गृहमन्त्री समक्ष पु¥याई दिनु होला ।’ अपराधिहरु पक्राउ नपर्दा न्यायको अनुभुति गर्न नपाएको उनको गुनासो छ ।
    मोटरसाईकल र भैसी दाईजो नल्याएको भन्दै लक्षमणपुर ८ मीयापुरवाका फरिद शेषले गत चैत्र ३ गते मट्टी तेल छर्केर रिहानालाई आगो लगाएका थिए । उनी त्यतिबेला ८ महिनाकी गर्भवती थिईन । उक्त घटनापछि उनले मृत बच्चा जन्माएकी थिईन । हाल उनी हिरमिनिया ८ मा बुबाआमासंग बसेकी छन् । घटना सार्वजनिक भएपछि पति फरिद र परिवार भारत भागेका छन् । अपराधिहरुको खोजिभइरहेको प्रहरीले जनाएको छ ।
    आर्थिक अवस्था कमजोर भएकी रिहनाले न्यायसंगै आफू पढ्न चाहेको बताएकी छन् । ‘उनले (रिहना) हामीसंग पढ्ने इच्छा राखेकी छन् । त्यसका लागि पनि सहयोगको अपेक्षा उनले गरेकी छन्,’ घरमै भेट्न पुगेका राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, नेपालगन्जका प्रमुख मुरारी खरेलले भने,‘न्यायका लागि गृहमन्त्रीलाई गुहारेको पत्र सरकार समक्ष पु¥याउने प्रयास गर्छौ ।’ रिहनाको आर्थिक अवस्था कमजोर भएको भन्दै बीबीएस (बर्नीङ्ग भ्वाइलेन्स सारभाईवर) अग्नी हिंसापीडित नेपाल संस्थाका नेपालगन्ज प्रतिनिधि सुरेन्द्र कार्कीले ५ वटा बाख्रा सहयोग गरेका छन् । ती मध्ये ३ वटा ब्याउने थाख्रा छन् । त्यसले आर्थिक अवस्थामा सहयोग पुग्ने विश्वास छ ।
    रिहानाको दुबै खुट्टा र शरीरका विभिन्न भागमा जलेको छ । हात र शरीरका घाउमा मासु पलाउँदै गएको छ । बायाँ खुट्टा कम नचल्छ । विभिन्न व्यक्ति र संस्थाले गरिरहेको सहयोगले उनको उपचार सम्भव भएको हो । अझै पनि समय समयमा अस्पतालमा जाँच गराउँदै आएकी छन् । दाइजो नल्याएको भन्दै जलाईएकी रिहनालाई पति फरिदले भारतको बहराईचस्थित अस्पतालमा लगेका थिए । छोरीको अवस्था बुझ्न बुबा समिम घरमै पुगेपछि घटना सार्वजनिक भएको थियो । ‘छोरीको जीवन बरबाद गर्नेलाई कारवाही हुनै पर्छ,’ आमा नसिरुलले भन्छिन ।

    रिहनाका लागि इदमा प्राथना, फेरि अस्पताल भर्ना
    बाँके— दाईजो नल्याएको रीसमा पतिले मट्टीतेल छर्केर आगो लगाउ“दा जलेर गम्भीर घाईते भएकी २५ वर्षीया रिहनाका परिवारले इदुलफित्र (इद) को प्राथनामा उनको जीवनको कामना गरे । मंगलबार हजारौ मुस्लिम धर्मालम्बीहरु नेपालगन्जस्थित विपीचोक नजिकको मस्जिदमा इदको प्राथनामा सरिक भैरह“दा बुबा समिम र आमा नसिरुल शेष छोरी रिहनाको स्वास्थ्यलाई लिएर भेरी अञ्चल अस्पतालमा चिन्तामा थिए । जलेको बायाँ खुट्टा पाकेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो । ‘इदको प्राथना गर्दा अल्लासंग छोरी रिहनाको जीवन मागेको छु । अपराधीलाई कारवाहीका लागि प्राथना गरेको छु,’ बेड नम्बर ११६ मा पल्टिएकी छोरीतिर हेर्दै बुबा समिमले भने,‘घटना भएको चार महिना भयो । यसको चिन्ताले सतार्इ रहेको हुन्छ ।’ मुस्लिम समुदाय इदको रौनकमा रमाइरहँदा रिहनाका परिवार भने अस्पतालमै भेटिए । बुबा आमासंगै रिहनाकी बहिनी र भाई पनि अस्पतालमै थिए । रिहनाले भाईको नाक समाउँदै इदको शुभकामना दिंदा बुबाआमा भावुक भए । ‘छोरीको जीवनलाई लिएर निकै चिन्ता लाग्छ । हिडडुल गर्न सक्दिनन् । जलेको खुट्टा पाकिरहन्छ,’ आमा नसिरुलले भनिन्,‘आज इदमा परिवारका सबैले रिहनाको जीवनको लागि प्राथना गरेका छौँ ।’
    रिहनाको दुबै खुट्टा र शरीरका विभिन्न भागमा जलेको छ । हात र शरीरका घाउमा मासु पलाउ“दै गएको छ । बायाँ खुट्टा नचल्ने उनले बताईन । विभिन्न व्यक्ति र संस्थाले गरिरहेको सहयोगले उनको उपचार भइरहेको छ । ‘हाम्रो यस्तो अवस्था देख्दै हुनुहुन्छ भने हे अल्लाह छोरीको जीवन जोगाई दिनुस । हामी यसको सेवामा लाग्दा घरको काम बर्बाद भइसक्यो,’ नसिरुलले भन्छिन्,‘छोरीको उपचारमा अझै कति पैसा खर्च हुने हो थाहा छैन । निकै चिन्ता लाग्छ ।’ मोटरसाईकल र भैसी दाईजो नल्याएको भन्दै लक्षमणपुर ८ मियापुरवाका फरिद शेषले मट्टी तेल छर्केर आगो लगाएका थिए । रिहना ८ महिनाकी गर्भवती थिईन । उक्त घटनापछि उनले मृत बच्चा जन्माएकी थिईन । गत चैत्र ३ गते भएको उक्त घटनापछि श्रीमानका परिवारले घाईतेलाई एक महिना भारतको बहराईचस्थित अस्पतालमा लुकाएर उपचार गराएका थिए । समिम छोरी भेटन गएपछि घटना सार्वजनिक भयो । रिहनाले दाइजो नल्याएको भन्दै पटकपटक यातना दिएको र त्यसदिन मट्टी तेल छर्केर आगो लगाई मार्न खोजेको बयान प्रहरीलाई दिएकी छन् । घटनापछि फरिदका परिवार भारत भागेका छन् । रिहना हिरमिनिया ८ मा बुबाआमासंग बसेकी छन् । उनालाई जलाएर हत्या गर्न खोज्ने व्यक्तिहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । प्रहरीले खोजी भइरहेको दाबी गर्दै आएको छ ।

  • १० चैत्र २०७७, मंगलवार १५:१५ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न