दुई नेपाली महिलालाई भारतमा १० वर्ष कैद - Dastabej

दुई नेपाली महिलालाई भारतमा १० वर्ष कैद


  • कमल पन्थी

  • बर्दिया — दुई नेपाली महिलालाई भारत उत्तर प्रदेशको बहराइचमा १० वर्षको जेल सजाय भएको छ । चरेससहित पक्राउ परेको भनिएका दुवैविरुद्ध शनिबार बहराइचका विशेष न्यायाधीश नितिन पाण्डेयले सजायको फैसला गरेका हुन् । दुवै महिलालाई २०१९ फेब्रुअरी १७ का दिन रुपैडिहा बसपार्कमा चरेससहित पक्राउ गरेको प्रहरीको दाबी थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार रुकुमकी शिरकुमारी कामी र रोल्पाकी मायादेवीलाई सजाय भएको हो । दुवैको विस्तृत ठेगाना भने खुलाइएको छैन । अदालतले दुवैलाई जनही एकरएक लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । जरिवानाको रकम नबुझाए दुवैले थप दुई वर्ष जेल बस्नुपर्नेछ । एडीजीसी क्रिमिनल फिरोज अहम्मद खाँले रुपैडिहा थानाको प्रहरीले रोडवेज बसको प्रतीक्षा गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा चरेससहित उनीहरूलाई पक्राउ गरेको बताएका छन् ।चरेसको परिमाण भने खुलाइएको छैन ।
    जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले दुई नभई तीन नेपाली महिलालाई जेल सजाय भएको जानकारी आएको बताए । भारतीय समकक्षीसँग यसबारेमा विस्तृत जानकारी लिने काम भइरहेको उनले जनाए । बहराइचको कारागारमा दर्जन बढी नेपाली महिला रहेको अनुमान नेपाल प्रहरीको छ । कारागारमा रहेका अधिकांश नेपाली महिला र पुरुष लागूऔषधको कारोबारमा संलग्नताको आरोपमा पक्राउ परेकाहरू छन् ।
    ईकान्तिपुरबाट

  • ११ चैत्र २०७७, बुधबार १४:४० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा