फलामको खोरबाट यसरी भाग्यो पाटे बाघ - Dastabej

फलामको खोरबाट यसरी भाग्यो पाटे बाघ

१२ एमएमको फलामको छड हालिएको थियो । होस आएपछि बाघले फलामको डण्डीमाथि बराम्बार प्रहर गरिरह्यो


  • दस्तावेज

  • नेपालगन्ज । बर्दिया निकुन्जको खाता जैविक मार्गमा सर्वाधारणमाथि लगातर आक्रमण बढ्न थालेपछि चैत ५ गते एक पाटे बाघ नियन्त्रणमा लिइयो । राष्ट्यि प्रकृति संरक्षण कोषको प्राविधिक टोली, निकुन्ज प्रशासन र नेपाली सेनाको सहयोगमा बाघ नियन्त्रणमा लिइएको थियो र बाँके निकुन्ज प्रशासनको जिम्मा लगाइयो । तर नियन्त्रणमा लिइएको बाघ थुनिएको खोरबाट एकाएक भाग्यो । तर फलामको खोरबाट पाटे बाघ कसरी भाग्न सफल भयो त ? सबैको चासो र ध्यान केन्द्रीत भएको छ । बाँके राष्ट्यि निकुन्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह भन्छन्, बाघ थुन्न बनाइएको फलामको खोरको डण्डी कमजोर थियो । बाघ जवान थियो । लगातर फलामको डण्डीमाथि प्रहार गरिरह्यो । कमजोर दुई डण्डीको बेल्डीङ छुट्यो बाघ भाग्यो ।
    बाघ थुनिएको फलामको खोर ५ वर्षअघि बनाइएको थियो । १२ एमएमको फलामको छड हालिएको थियो । होस आएपछि बाघले फलामको डण्डीमाथि बराम्बार प्रहर गरिरह्यो । पन्जाले प्रहार गर्ने र मुखले फलामको डण्डी टुटाउन खोज्यो । र भाग्न सफल भयो । प्रमुख संरक्षण अधिकृत शाहका अनुसार बाघको मुखमा चोट लागेको छ । खोरमा बाघको रगत देखिएको थियो । उनले बाघको खोर बनाउँदा ध्यान दिनु पर्ने जनाए । उनले भने, अब बाघ थुन्ने खोर १६ एमएमभन्दा बढीको फलामको डण्डीले बनाउनु पर्ने पाठ सिकाएको छ । खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि निकुन्ज प्रशासनले उच्च सतर्कता अपनाइएको छ । राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको छ । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न आग्रह गरिएको छ । पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

  • १२ चैत्र २०७७, बिहीबार १७:१२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार